Sorry, that menu does not exist.
 

नेकपा बडीगाड- ७ वडा कमिटीद्वारा ६० घरपरिवारलाई राहत वितरण !

बडीगाड २०७७ जेठ २४ । नेपाल कम्युनिस्ट पार्टी नेकपा बडीगाड गाउँपालिका-७ वडा कमिटीले राहत वितरण गरेकाे छ । विश्वभर फैलिएको काेराेना भाइरसका कारण खाद्यान्न अभाव भएका गरिब विपन्न ६० घरलाई राहत वितरण गरेकाे हाे ।

राहत वितरण गर्दै नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशका सदस्य शुनिल शेरचनले महामारीकाे अवस्थामा पार्टीले जनताकाे चुलो निभ्न नदिनु र सारथीकाे काम गर्नु महत्त्वपूर्ण भएको बताए। उनले संगीन परिस्थितिमा जनतामा राहत वितरण गर्नुले अन्यले पनि सिकाे गर्नुपर्ने विश्वास व्यक्त गरे । अहिले देश संक्रमण अवस्थामा गुजि्रएको बेला जनतामा राहत वितरण गरी चुलाे निभ्न नदिनु महान कार्य भएकाे उल्लेख गरे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी बडीगाड गाउँपालिकाका अध्यक्ष गुणानिधि घिमिरे, एकीकृत अखिल शिक्षक संगठनका जिल्ला अध्यक्ष जीत बहादुर थापा, नेता दीपक रायमाझी, कमल हिजाले लगायतकाे उपस्थित रहेकाे छ ।

राहत ढाेरपाटन नगरपालिका मेयर देवकुमार नेपाली, नेकपा बडीगाड -७ वडा कमिटी र दलित संजाल बडीगाडका अध्यक्ष टिपुरे सुनारले गरी ६० घरपरिवारलाई राहत वितरण गरिएकाे नेकपा वडा कमिटीका सचिव कमल हिजालले जानकारी दिए । कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला सचिव कृष्ण भट्टराईले सञ्चालन गरेका थिए । राहत नपाएकाहरूकाे नाम संकलन गरि दाेस्राे चरणमा वितरण गरिने नेकपाले जनाएकाे छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !