बागलुङ २०७७ जेथ २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ । यससँगै कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेहरूको संख्या पनि १३ पुगेको छ ।
शनिबार पीसीआर विधिबाट ९२ हजार चार सय ७७ र आरडीटी विधिबाट एक लाख ३७ हजार चार सय ३७ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार एक सय ११ र आरडीटी विधिबाट पाँच हजार पाँ सय ७० जनाको नमुना परीक्षण गरिएको छ।