सुरेश छन्त्याल गल्कोट, २०७७ जेठ २४ । गल्कोट नगरपालिका वडा नम्वर १० स्थित रमुवामा महभीरमा मह शिकार गरिएको छ । कोरोना कहरका विच पनि जोखिम मोलेर शिकारीले मह काढेका छन् । मह शिकारमा रमुवाका अनुभवी शिकारीको संलग्नता रहेको थियो । बन्दोवस्तीका सामानसहित करिव १२ जना भन्दा वढीको टोली सामाजिक दुरी कायम गर्दै मह शिकारमा खटिएको थियो । ज्यानकै बाजी लगाएर कहालीलाग्दो भीरमा मह शिकार गरिएको थियो ।
निगालाको चोया र काठ प्रयोग गरी बनाइएको भर्याङ पराङमा झुण्डिएर शिकारीले मह काढेका थिए । परम्परागत प्रविधि अपनाएर मह काढिएको थियो । ‘हाम्रा पूर्खाले जसरी मह शिकार गर्थे, त्यही प्रविधि र सीप हामीले अपनाएको छौं,’ स्थानीय महेश बुदाले भने । मह शिकारमा आगो, पराङ, सुथरी, झापा, दाबिलो, डोरी, डक लगायतका सामग्री प्रयोग हुने गरेको उनको भनाइ छ । शिकारी टोलीले शिकारमा जाँदा आफूसँग भएका ती सामग्री साथै लिएर जाने गर्दछन् । आँट, साहस भएको र स्वस्थ व्यक्ति मात्रै शिकारका लागि छनोट हुने गरेको एक शिकारीले बताए । जिन्दगी दाउमा राखेर शिकार गर्नुपर्छ उनले भने ‘यो निकै साहसिक र जोखिमपूर्ण काम हो । बाउबाजेका पालादेखि नै मह शिकारको चलन रहेकाले आफूहरुले पनि निरन्तरता दिएको हो ।
कोरोना महामारीको कारण ‘अहिले प्रचारात्मक हिसाबले मह शिकार नगरिएको वडा अध्यक्ष तिलक घर्तीले जानकारी दिए । उक्त भीरमा साडे एक सय भन्दा बढी घार छन् । कोरोना महामारीको कारण अहिले मह महोत्सव व्यवस्थित तरीकाले मनाउन नसकिएको र आगामि दिनमा महको संरक्षणका लागि वडाबाट विशेष पहल गरीने र यसलाई पर्यटकीय क्षेत्रसंग पनि जोड्ने घर्तीले वताए । ‘बिरलै हुने गरेको मह शिकार महभीरमा गरेका छौं अध्यक्ष घर्तीले भने, यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास छ ।
मह शिकार साहसिक कला भएकाले पर्यटकलाई आकर्षित गर्न सकिने देखिन्छ । त्यस्तै हामीले वैसाख १५ देखि जेठको दास्रो हप्ता सम्म मह सिकार गछौं गत वर्षमा राम्रो हुन्थ्यो विभिन्न स्थानबाट मानिसहरुको झमघट हुन्थ्यो यो वर्ष भने भएन र अहिले प्रत्येक घरधुरी अनुसार यहि गाउँमै वितरण भएको स्थानीय उदिम घर्तिले जानकारी गराए ।
2 Comments