सोम शर्मा, बागलुङ २०७७ जेठ ३२ । देशभर सरकारको बिरोध प्रदर्शन चलिरहंदा सरकारको गलत प्रबृत्तिलाई खबरदारी गर्न भन्दै बागलुंङमा पनि यहाँका युवाले बिरोध प्रदर्शन गरेका छन । सामाजिक सन्जाल मार्फत एकत्रित भएर गरिएको उक्त कार्यक्रम बागलुङको लोकतान्त्रिक चोकमा गरिएको थियो । सरकारले कोरोनाको महामारीको बेलामा आफ्नै कुर्र्सी मात्रै हेरेको र जनतालाई नहेरेको भन्दै शान्तिपुर्ण बिरोध कार्यक्रम गरिएको बिरोध कार्यक्रमका अगुवा युवाहरुको भनाइ थियो ।
उक्त कार्यक्रममा सरकार अब जाग, पीसीआर प्रबिधिबाट परीक्षण दर बढाउ, आरडीटी परीक्षण तुरुन्त बन्द गर, कालापानी लिपुलेक लिम्पियाधुराबाट भारतीय सेना हटाउ, दश अर्बको हिसाब देखाउ, भ्रष्टाचारीलाई कारबाही गर लगायतका बिभिन्न माग लेखिएको प्लेकार्ड बोकेर सडकमै बसेका थिए । राष्ट्रगानबाट सुरु भएको उक्त कार्यक्रममा बिभिन्न तह र तप्काका युवाहरुको उपस्थित देख्न सकिन्थ्यो ।
कार्यक्रममा सहभागी युवा बिशेष पराजुली भन्छन् सरकार यस्तो बेलामा भ्रष्टाचारीलाई संरक्षणमा लागेको र जनताको माग यथोचित ढंगले सुनुवाइ नभएको अवस्थामा प्रधानमन्त्रीज्यू लय बिनाको र भावना बिनाको कबितामा ब्यस्त भएको कारणले हामी यसरी शान्तिपूर्ण आन्दोलनमा उत्रनु परेको हो ।
त्यस्तै अर्का सहभागी सन्जय खड्का भन्छन हामीजस्ता युवाहरु अब चुप लागेर बस्ने बेला नभएकोले यस्तो बेलामा हामी छातिमा गोली खाएर भएपनी गलत प्रबृत्तिको बिरोध गर्न आइरहने छौं ।
यस्तो महामारीको बेलामा पनि किन आउनुभयो त भन्ने प्रश्नमा खड्का भन्छन, यस बेलामा सरकारले गर्नुपर्ने थियो तर गरेन सरकारले त्यसैले बाध्यताले आउनुपरेको हो, यती बेला रोग भन्दा नि भोकले त्रसित समुदाय धेरै छन उनिहरुको यथोचित सुनुवाइ नभएसम्म हामी उठिरहनेछौं ।
यसरी हेर्दा पछिल्लो समय जनता सरकारका कामकारबाहीसंग सन्तुष्टी भएको देखिंदैन, यस्तो महामारीको बेलामा पनि जनता सडकमा आउनुलाई सामान्य ढंगबाट हेरिनु हुंदैन, सरकारले जनता रिझाउने तर्फ ध्यान दिन सकेमा यसरी आन्दोलन गर्नपर्ने अवस्था नआउने भनाई सामाजिक अगुवाहरुको छ ।
सरकार बिरुद्ध सडकमा निस्किए बागलुङका युवाहरु (तस्वीर)
२०७७ जेष्ठ ३२, आईतवार १५:०३
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०
One Comment