सोम शर्मा पर्वत कुस्मा २०७७ असार ३ । कुस्मा नगरपालिका वडा नंबर ३ दुर्लुङमा गत जेठ ३१ गते गएको पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत बितरण गरिएको छ । बेलायतमा बस्ने बरिष्ठ समाजसेवी इशा गुरुङले पठाएको राहत सामग्री र रकम रामबाबु सेवानले मृतकका परिवारलाई दुर्लुङमै गएर बितरण गरेका थिए ।
समाजसेवी इशा गुरुङले यस अघी पनि नेपालका बिभिन्न ठाउंमा अप्ठ्यारो परेका ब्यक्तिलाई सहयोग गर्दै आइरहेकी छिन । पर्वतको कारुणिक घटनाको बारेमा सामाजिक सन्जालबाट थाहा पाएपछी आंफुले पनि केहि सहयोग गर्न खोजेको उनको भनाइ थियो ।
दुर्लुङका पहिरोमा परी मृतक भएका ९ जना मध्य एकदमै समस्यामा परेका ३ जना परिवारलाई प्रती परिवार नगद रु १० हजार र ३ बोरा चामल बितरण गरिएको गुरुंङले बताइन ।
गुरुङ थप्छिन, यसैगरी सबैजनाले पीडितलाई सहयोग गर्न आग्रह गर्छु, हामी नेपाली एकदमै मनकारी छौं यस्तो बेलामा मलाई थाहा छ धेरै सहयोगदाताहरु अगाडी आउनु हुनेछ ।
कुस्मा नगरपालिका वडा नंबर ३ दुर्लुंगमा गत जेठ ३१ गते राती ठुलो पहिरो जांदा दुई घर पुरिदा ९ जनाको मृत्यु भएको थियो । पीडित परिवारलाई राहत आउने क्रम जारी रहेको छ ।
6 Comments