सुमन जि.सी. बागलुङ, २०७३ पुस २५ । नमुना महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. हुग्दिशिरको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कुनका सञ्चालक चण्डिप्रसार्द ै शर्मा पौडेलले सहकारी मार्फत गरिवी घटाउने गरी गुणात्मक कामहरु हुनुपर्ने बताए । ्
पौडेलले सहकारी क्षेत्रमा अझै धैरै कामहरु गर्न वाँकी रहेको बताउदै विधि र प्रविधिको २१ औँ शताव्दीमा शेयर सदस्यहरुको चाहाना अपेक्षालार्ई समेट्दै सोही बमोजीम गुणस्तर बृद्धिका लागि विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
कुनै दिन चारखाता भरेर ऋण लिनेदिने गरे पुग्ने सहकारी संस्थाहरुको भुमिकामा परिवर्तन गरी अहिले एकै ठाउँवाट वित्तीय र गैरवित्तीय सेवाहरु प्रवाह गर्नुपर्ने अवस्था सिर्जना भएको र यी र यस्तै विषयमा ज्ञान सिप र चेतना बढाउनु पर्ने कठिन र गहनत्म जिम्मेवारी नेपालका सहकारी संस्थाहरु सामु रहेको धारणा पौडेलले व्यक्त गरे ।
कार्यक्रममा जिल्ला सहकारी संघ लि. बागलुङका सञ्चालक तेजेन्द्रवहादुर थापा, सिवाईसी साकोसका उपाध्यक्ष गितादेवी रेग्मी, सिवाईसी साकोस सदस्य सेवाकेन्द्र बाटाकाचौरका संयोजक मदनवहादुर कार्की लगाएतले साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
संस्थामा हाल सम्म २०१ जना शेयर सदस्य, शेयर पुँजी २२ लाख ७ हजार, बचत ३२ लाख ३५ हजार बचत, लगानीमा रहरिहेको ऋण ५६ लाख रहेको छ । साधारण सभाले आगामि दिनमा एक व्यक्ति एक शेयर सदस्यता बृद्धि अभियान, बचत बृद्धि, स्थानीय स्तरमै सम्पूर्ण वित्तीय तथा गैर वित्तीय सेवा सञ्चालन जस्ता कार्य गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा संस्थाकोे वार्षिक प्रगती प्रतिवेदन र प्रस्तावित कार्यक्रम अध्यक्ष चिनीमाया काला मगर, आर्थिक प्रतिवेदन प्रवन्धक जमुना श्रीसले प्रस्तुत गरेकी थिईन ।
संस्थाका अध्यक्ष कालामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष थगुमाया श्रीस र सञ्चालन सचिव दिपा श्रीसले गरेकी थिईन ।