बागलुङ २०७७ असार ३ । बागलुङ जिल्लाको पाग्जा सडकमा कामगर्ने कर्ण बिल्डर्सको ना ८ ख ४८९ को ट्रिपरमा रहेको जेनरेटरमा साँझ ६.२० बजे आगलागी भएको छ । मर्मतका लागी लैजाँदै गर्दा ट्रिपरमा रहेको जेनरेटरमा आगलागी भएपछी ट्रिपर मालढुंगाबाट सहश्रधारा पुगेर निभाउने प्रयास गर्दा पनि आगो नियन्त्रणमा नआएपछी प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु अग्नि समन यन्त्र (दमकल) लगेर स्वयं सहश्रधारा पुगेका थिए ।
केहि समय पछी पर्वत जिल्लाबाट समेत दमकल आएर भरखर आगो नियन्त्रणमा आएको प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले जानकारी दिए ।