मनु सुनार, गुल्मी २०७७ असार ४ । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले उपल्लो तम्घासमा बनाईएको आइसोलेशनलाई इलोक्टोनिक कित्ली हस्तान्तरण गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–९ मा बनाईएको आइसुलेशनमा रहेकालाई छुट्टाछुट्टै प्रयोजनका लागि ९ थान इलोक्ट्रोनिक कित्ली प्रदान गरिएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । आइसोलेशनमा रहेकाहरुको प्रयोजनका लागि बिद्युतीय पानी तताउने त्यस सामग्रीले मद्दत पुर्याउने अध्यक्ष भलामीले उल्लेख गरे ।
यसबाट आइसोलेशनमा रहेकाले आफैले पानी तताएर प्रयोग गर्न सक्ने भएकाले यो सामग्री अत्यन्त सुरक्षित समेत रहेको भलामीले बताए । सामाजिक दायित्वको रुपमा आफुहरुले यस विपत्तिको समयमा सहयोग पुर्याउँदै आएको भलामीले बताए ।
जिल्ला प्रशासन कार्यालयको आग्रहमा इलोक्ट्रोनिक किट्ली प्रदान गरिएको गुल्मी उद्योग वाणिज्य संघका महासचिव तारा प्रसाद भुसालले बताए । यस अघि पनि गुल्मी उद्योग वाणिज्य संघले रेसुङ्गा नगरपालिकाको विपत व्यवस्थापन कोषमा रु १ लाख रुपैँया सहयोग प्रदान गरेको महासचिव भुसालले बताए । गुल्मी उद्योग वाणिज्य संघले विभिन्न संघसंस्था, मजदुर, विपन्न परिवार लगायतलाई सहयोग गर्दै आएको उनले उल्लेख गरे ।
बुधबार संघका कार्यालय प्रमुख तोमलाल पन्थीले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा मार्फत उपल्लो तम्घासमा बनाईएको आइसोलेशनलाई इलोक्ट्रोजिक किट्ली हस्तान्तरण गरेका हुन् । प्रमख जिल्ला अधिकारी शर्माले बिद्युतीय पानी तताउने किट्ली हस्तान्तरण गरेकोमा उद्योग वाणिज्य संघलाई धन्यबाद दिए । त्यस आइसोलशेनमा अहिले पाँच जना कोरोना संक्रमित तथा २ जना ज्वरोका बिरामी रहेका रेसुङ्गा नगरपलिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले जानकारी दिए ।