Sorry, that menu does not exist.
 

बागलुङमा कोरोना संक्रमणको खतरा बढ्यो : आज २४ जना थपिए पछी जिल्लामा संक्रमितको संख्या ६६ पुग्यो !

बागलुङ २०७७ असार ५ । बागलुङ जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्नेक्रम जारी छ । आज विहान स्वास्थ्य निर्देशनालय पोखराले प्रकाशित गरेको प्रेस विज्ञप्ती अनुसार गल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा गरी १४ जना संक्रमण पुष्टि भएको थियो । पोखराको प्रयोगशालामा नभ्याएपछी पीसीआरका लागी काठमाडौँ पठाईएकोमा बागलुङ नगरपालिका र ढोरपाटन नगरपालिकाका पाँच/पाच जना गरी दश जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङ नगरपालिकाको भकुण्डे र अमलाचौर क्वारेन्टाईनमा रहेका १८, २३, २५, २८ र ५३ वर्ष उमेर समुहका ५ जना पुरुष तथा ढोरपाटन नगरपालिकाको भूजीमाबि क्वारेन्टाईनमा रहेका ११, १५, १६, २० र ६० वर्ष उमेर समुहका एक जना महिला सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस सँगै बागलुङ जिल्लामा कोरोना कोभिड १९ बाट संक्रमितको संख्या ६६ पुगेको छ ।

भारतबाट आएर बागलुङ जिल्लाका विभिन्न क्वारेन्टाईनमा बसेकाहरु सयौँ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेकोले संक्रमितहरुको संख्या अझ बढ्न सक्ने संभावना रहेकाले जिल्लामा संक्रमणका खतरा उच्च रहेको छ ।

यसैवीच ढोरपाटन नगरपालिकाका ५ जना संक्रमितहरुलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रको आईसोलेशन कक्षमा व्यवस्थापन गरिने र बागलुङ नगरपालिकाका ५ जना गल्कोट नगरपालिकाका ८ जना र काठेखोला गाउपालिकाका ६ जना संक्रमितहरुलाई धौलागिरी अस्पताल र धौलागिरी क्याम्पसको आईसोलेशन कक्षमा व्यवस्थापन गरिने श्रोतले बताया ।

बागलुङका १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितमा दुईजना महिला पनि !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

4 Comments