कुमविर विश्वकर्मा, बागलुङ २०७७ असार ५ । दलित आत्मरक्षा अभियानले पश्चिम रुकुम सोती गाउँमा हत्या गरिएका नवराज विक र उनका ५ साथीका परिवारलाई २५ हजार रुपियाँका दरले सहयोग हस्तान्तरण गरेको छ। बागलुङबाट गएका अभियन्ताहरू र पत्रकार अनि खलंगाका अभियन्ताहरूको समेत सहभागिता रहेको कार्यक्रम मृतक नवराज बिककै घरमा आयोजना गरिएको थियो।
नगरका मेयर सिपी घर्तीले उक्त रकम हस्तान्तरण गर्दै दलित आत्मरक्षा अभियान र सहयोगी दाताहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । आर्थिक रुपमा विपन्न ती परिवारहरूलाई शोकको बेला र करोना लकडाउनको समेत सकसमा कानूनी संघर्षमा मद्दत मिलोस् भन्ने उद्देश्यले रकम जम्मा गरेर पठाइएको जानकारी हाल अफगानिस्तानमा कार्यरत अभियानका उपसंयोजक होम गोतामे विकले दिए ।
आर्थिक सहायता स्वीकार्दै मृतक गणेश बुढामगरका पिताले ‘म ज्यादै ठूलो शोकमा छु। म गाउँबाट आएर यहाँ बसेको दुखी मान्छेलाई यो रकमले धेरै सजिलो पार्ने, बताए ।
केहि महिना अघि मात्रै लण्डनमा प्राध्यापन गर्ने डा। मित्र परियारले परिकल्पना गरेको दलित आत्मरक्षा अभियान नेपालमा उनकै नेतृत्वमा एक सशक्त सामाजिक अभियानको रुपमा अगाडि बढाउने योजना छ। यस शान्तिपूर्ण अभियानले सबै जात र क्षेत्र समेटेर आन्दोलन निर्माण गर्नछ।
जाजरकोटका पीडित परिवारलाई प्रदान गरिएको रकम विश्वभरका नेपालीहरूबाट संकलन गरिएको पनि अभियानले बताएको छ। अमेरिकाका विनोद तामाङ, अमृत विक र छविराज सुनारको उल्लेख्य योगदान छ, भने जापानका रतन विक र हङकङमा सिला घमालको संयोजनमा कुसुम गदाल, पूजा गदाल ९थापा० र यमुना सुनार लगायत धेरैले मद्दत दिएका छन्।
यसका साथै न्याय नमरोस् भनेर काठमाडौं र पोखराका संयुक्त दलित संघर्ष समितिहरूलाई पनि केहि आर्थिक सहयोग गरिसकेको होम गोतामे विकले बताए ।