Sorry, that menu does not exist.
 

दुर्घटनामा ज्यान गुमाएका कृष्ण कामीको परिवारलाइ गाउँपालिकाले १ लाख राहत दिने !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ असार ५ । तमानखोलामा ट्याक्टर दुर्घटनाका कारण ज्यान गुमाएका कृष्ण बहादुर कामीको परिवारलाई तमानखोला गाउँपालिकाले एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
तमानखोला गाउँपालिका ५ खुँखानी थास्पुरी घर भई भगवती प्राथमिक विद्यालयको घेरावार उपभोक्ता समितीका अध्यक्ष समेत रहेका कामीको गत जेठ २९ गते विद्यालयकै लागि आवस्यक सामान खरिद गर्न ट्याक्टरमा बुर्तिबाङ आउँदै गर्दा बोङगादोभान बजार नजिकै ट्याक्टर दुर्घटनामा ज्यान गएको थियो ।

उपभोक्ता समिती अध्यक्षको अचानक भएको निधनमा कार्यपालिकाको बैठकले रु १ लाख राहात परिवारलाई उपलब्ध गराउने निर्णय भएको वडा नं.५ का अध्यक्ष हिराबहादुर श्रीपालीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !