देबेन्द्र लामिछाने, बागलुङ २०७७ असार ६ । एकाबिहानै जंगल बिचबाट पहिरो जाँदा बागलुङ नगरपालिका १३ खर्सेडाँडा, लामिछाने कुल मन्दिर आसपास पैयुपाटा अमलाचौर सडक सहित बागलुङ पैयुँपाटा९अमलाचौर सडक समेत अबरुध्द हुन पुगेको तथा कुल मन्दिर मुनि रहेका पाखा बस्तीका १५ घर जोखिममा परेका छन् ।
डोजर, ड्राईभर र स्थानीय ठालुहरुको मनमर्जीमा सडक डिजाईन गरिएको भौगर्भिक अध्ययन बिनाका सडकले पानीढलो बिगार्ने तर बर्षातको पानी बग्ने उचित निकास र सडक छेउमा नालीको व्यवस्था नगरिंदा सडक भेल बग्ने कुलेसा बन्दा बस्तीका बासिन्दा रातभर जाग्राम बस्नुपर्ने अवस्था छ।
यसतर्फ स्थानीय विपद व्यवस्थापन समितिको समयमै ध्यान पुग्न नसकेको स्थानीय बासिन्दाको गुनासो रहेको छ ।