रामप्रसाद घिमिरे, बागलुङ २०७७ असार ७ । आज पनि गल्कोट नगरपालिकाका ४, ढोरपाटन नगरपालिकाका १, बागलुङ नगरपालिकाका १ र काठेखोला गाउपालिकाका ३ गरी जम्मा ९ जना पुरुषलाई कोरोना संक्रमण देखिएको छ ।
बागलुृङमा बज्यो खतराको घण्टी : आज मात्रै ३७ जना संक्रमित थपिएपछी बागलुृङ कोरोनाको उच्च जोखिममा !
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराले आज विहान जारी गरेको विज्ञप्ती अनुसार संक्रमितहरु २१ देखी ४० वर्ष उमेर समुहका रहेका छन् । यस संगै बागलुङ जिल्लामा कोरोना संक्रमितको संख्या पुग्यो १ सय १२
यसैगरी म्याग्दी जिल्लामा एक महिला सहित चार जना र पर्वत जिल्लामा दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।