प्रेम सुनार, गुल्मी २०७७ असार ७ । जेठ १० गते जसरी वडाध्यक्ष पनि मल्ल , नवराजकी प्रेमीकाका परिवार पनि मल्लकै सेटिंगमा ६ जनाको नरसंहार हत्या हुने गरि घटना घटाईयो । ठिक त्यसरी नै त्यस घटनालाई झ्यासमिस पार्न पीडक , उन्लाई उन्मुक्ति दिने गरि वाकलत गरिहेका वकिल र उनकै छोरा डाक्टर सम्म सेटिङ्घमा रहेको पीडितहरुको आरोप रहेको छ ।
यति बेला जाजरकोट जिल्ला अस्पतालका डाक्टरहरुले मृतक ६ जना कै भवितब्य मृत्यु घटना बनाउने गरि पोष्टमार्टम रिर्पोट तयार पारेको भन्दै जाजरकोटवासी आन्दोलित भई रहेका छन । जाजरकोटबाट सुरु आन्दोलनले देश ब्यापी रुप लिन थालेको छ ।
यहि बेला नवराजकी प्रेमीका भनिएकी ती युवतीका मल्ल परिवार र उनको पक्षमा वाकलत गर्ने वकिल र त्यस जाजरकोटका डाक्टर एउटै कुलका दाजु भाई भएको खुलेको छ । पारि चौरजाहरी नगरपालिका ८ सोती गाउँ स्थित नवराज बिककी प्रेमीका भनिएकी युवतीका पिता बिरबहादुर मल्ल र उता जाजरकोट स्थित उनको पक्षमा वाकलत गरिरहेका वकिल , त्यहाँको डाक्टर एउटै कुल घरानका दाजु भाई भएको स्थानीयले बताएका छन ।
बाबु वकिल छोरा डाक्टर
जाजरकोटको भेरी नगरपालिका वडा नम्वर ४ घर भएका भक्तबहादुर मल्ल पेशाले शिक्षक हुन । उनले खलाङ्घाको त्रिभुवन माध्यामिक विद्यालयमा पढाउछन । स्थाई दरवन्दीका शिक्षक हुन उनी ।
तर पनि अधिवक्ताको काम गरिरहेका छन र मल्ल परिवारको तर्फबाट वाकलत गरिरहेका छन । रुकुम पश्चिम स्थित नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति प्रेमप्रकाश ओली भन्छन–‘ योजनावद्ध रुपमा सेटिङ्घमा घटनालाई झ्यासमिस पार्न खोजिएको छ ।
भक्तबहादुर मल्लको घर पहिला सोती नै हो । उनीहरु १३ दिने दाजु भाई हुन । अहिले उनी रुकुम पश्चिमकोा जिल्ला अदालतमा आएर पीडक मल्ल परिवारको पक्ष लिएर वाकलत गरिरहेका छन ।
उता पोष्टमार्ट रिर्पोट निकाल्ने जाजरकोट जिल्ला अस्पतालका डाक्टर भुपेन्द्र मल्ल उनकै छोरा हुन । उनले सुरु मै आफु विवादमा आउने देखेर त्यस पोष्टमार्टम रिर्पोटमा हस्ताक्षर गरेरन । अरु डाक्टरहरुलाई प्रयोग गरे । आफु नजिकका दाजु भाई भएकोले विवादमा परिन्छ भन्ने उनको सोच चलाखीपुर्ण हुनुले पनि पोष्ट मार्टम रिर्पोट जालझेल पुर्ण छ भन्ने देखाउ छ । हामी त्यस्तो रिर्पोट निकाल्ने डाक्टर विरुद्ध मुद्धा हाल्ने तयारीमा छौं । ’
उल्टै पीडितलाई प्रहरी खोरमा
सभापति ओली थप्छन –‘सुरु देखिनै घटनालाई योजनाबद्ध ढंगले झ्यासमिस पार्न खोजिएको छ । वडाध्यक्ष डम्वरबहादर मल्लले उसै दिन राती चौरजाहरीको प्रहरीलाई उक्साएर उल्टै पीडित पक्षका १२ जना युवाहरुलाई थुनाएर यता पीडक पक्षका घरेलु हात हरितयार पखाल्ने लगायतका प्रमाणहरु नष्ट गर्ने काम गरिरहेका छन ।
नवराज बिकको शव भेटिए पछि पक्राउ परेका उनलाई चौरजाहरी नगरपालिकाका मेयर बिशाल शर्माले जमानत बसेर वडाध्यक्ष मल्ललाई निकालेका थिए । पछि मेले डिआईजी सावलाई फोन गरेर पुनः पक्राउ गरिएको हो । मेयर बिशाल शर्माकी श्रीमति र वडाध्यक्ष मल्लकी आमा दिदी बहिनी हुन ।
नेकपाका नेता तथा पुर्व गृहमन्त्री जनादर्न शर्माका कान्छा भाई अनिल शर्मार्का मल्ल परिवार ससुराली हुन् । अनिल शर्माका आफ्नै साला सन्तोष मल्ल थुनामा छन । यस कारणले पनि डरलाग्दो सोती काण्डलाई सामन्य पार्न खोजिएको छ । प्रदेश सांसद समेत रहेका रुकुम पश्चिमस्थित नेकपाका अध्यक्ष गोपाल शर्मा र मेयर बिशाल शर्मामा दुई भाई हुन ।
नेकपाका नेता जनादर्शन शर्मा सहितको टोलीले घटनालाई झ्यासमिस पार्न ठुलो षडयन्त्र गरिरहेका छन । नेता शर्माको वडाध्यक्ष संग दुई पटक सम्म कुरा भएको पाईएको छ । तर पीडित पक्ष संग नेता शर्माले एक कल फोन गरेका छैनन । पीडकका १३ दिने दाजुभाईका पक्षबाट वाकलत गर्ने बाबु वकिल छोरा डाक्टर आफैमा षडयन्त्रको ज्वालन्त उदाहरण स्पष्ट छ ।
मुद्धा रुकुम पश्चिमबाट चलाईएकोा छ पोष्टमार्टम रिर्पोट जाजरकोट जिल्लाबाट बनाईएको छ । अझ गजवको कुरा त के छ भने रुकुम पश्चिम स्थित नेपाल कम्युनिष्ट पार्टी नेकपा ले चन्द्रबहादुर बिकको संयोजकत्वमा त्यस घटनाको छानविन समिति बनयो तर एक महिना वित्नै लाग्दा पनि अहिले सम्म प्रतिवेदन बाहिर ल्याउन सकेको छैन । ’
नेकपाको पार्टी अध्यक्ष शर्मा र छानविन समिति संयोजक बिकले यो घटना जातिय कारणबाट नभएको दावी गर्दै हुलजत्था बाँधेर उमेर नपुगेकी केटी लिन जानु गलत हो भनेका थिए सुरुमा । अहिले भने मौन देखिएका छन ।
मृतक नवराज बिककी दिदी सरिता बिक भन्छिन–‘ अहिले सम्म न नेता जनार्दन शर्माले पीडित पक्ष संग बोल्ने बुझ्ने गरेकाछन न त आफ्नै जिल्लाका सांसद तथा मन्त्री शक्तिबहादुर बस्नेतले नै बुझ्ने काम गरेका छन ।’ उनीहरु विरुद्ध जाजरकोट र रुकुम पश्चिममा नरावाजी चलिरहेको छ ।
आज रुकुम पश्चिमा आन्दोलन गर्न जाजरकोटकोटको टोली गएको मृतक नवराज बिककी दिदी सरिता बिकले बताईन । सोती काण्ड चलिरहँदा जाजरकोट मै शाही ठकुरीकी छोरी बिबाह गरेका एक जना बिश्वकर्मा गत पाँच बर्ष देखि घरबाट विस्थापित भई खलाङ्घमा बसेका छन र उनको स्टोरी खोजिदै छ ।
सिंह, शाही , मल्ल ठकुरीहरुको वाहुल्य रहेको त्यस भेगमा उनीहरुका सामु प्रहरी प्रशासन र न्यायलय समेत निरही बनाउन खोज्ने त्यहाँका दलित समुदायले बताएका छन । ६ जना मृतकहरुको तर्फबाट रुकुम पश्चिमका जिल्ला न्याधिवक्ता केशवराज चपाईले सरकारी मुद्धा हेरेको जिल्ला सहन्याधिवक्ता विनोद पौड्यालले जानकारी दिए ।
‘वहस त मैले गरेको छु –पौड्यालले भने –‘आज हामी ५ जना सरकारी वकिलबाट थुनछेक वहस भयो । सुर्खेतबाट सह महायाधिवक्ता धु्रवमणी ज्ञावाली र दाङ्घबाट अर्का सह महान्याधिबक्ता राजनघिमिरे पनि आउनु भएको छ । उताबाट पनि चार पाँच जना वकिलहरुले त्यस मुद्धा हेरेका छन । ’ त्यस घटनामा ज्यान गुमाएका चौरजाहरि नगरपालिका १ का टिकाराम बिककी श्रीमति १८ बर्षको उमेर मै सुन्दुर पुछिएको पीडा सुनाउँदै भन्छिन अझै पनि टुप्लुक्क आई पुग्नु हुन्छ कि जस्तै लाग्छ ।
४ बर्ष अघि १४ बर्षको उमेरमा प्रेम विवाह गरेका थियौं । दुई बर्षकी छोरी छ । कक्षा ११ मा पढ्दै छु अब त पढ्ने खर्च पनि कहाँ जुटाउन सँकुला र भन्दै उनले डाको छाडिन । उनी सहित ६ जना मृतकहरुको परिवारलाई दलित आत्मारक्षा अभियानले २५ हजारका दरले राहत बाँड्नुका साथै स्थलगत अध्यान गरि आन्दोलन प्रति ऐब्यवद्धता जनाएको छ ।
त्यस संस्थाका संयोजक डाक्टर मित्र परियार र अभियान्त होम गोतामेले भने डाक्टर परियार वेलायतमा हुनुहुृन्छ । म अफगानिस्तानमा छु । हामी बिश्वभर अभियान छेडेर आन्दोलनलाई साथ दिई रहेका छौ । पोखरामा पनि हामीले आन्दोलनकारीलाई राहत स्वरुप रकम पठाएका छौं बिश्वभर रहेका दलित समुदायहरु यति बेला जुट्न जरुरी छ–अभियान्त गोतामेले भने ।