रामप्रसाद घिमिरे, बागलुङ २०७७ असार ७ । बागलुङ जिल्लामा कोभिड १९ संक्रमितको सख्या बढ्दै गएपछी जिल्लामा भएका आईसोलेशन बेडहरु भरिदै गएका छन् । धौलागिरी बहुमुखी क्याम्पस भवनमा ५० शैयाको प्रि आईसोलेशन बेडहरु निर्माण गरिएकोमा आज साँझ सम्म त्यहाँ ५१ जना लाई व्यवस्थापन गरिएको छ भने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा २ बच्चा सहितका ३ महिला १४ जना पुरुष संक्रमितहरुको व्यवस्थापन गरिएको छ ।
भारतबाट गृह जिल्ला फर्किएकाहरु मध्य करीब एक हजारको पीसीआर रिपोर्ट आएको छ भने यत्तिकै संख्यामा पीसीआर रिपोट आउन बाँकी रहेको अवस्था छ । हाल सम्म सबै भारतबाट फर्किएकाहरुमा संक्रमण पुष्टि भएको छ भने अझै यो संख्या बृद्धि हुने देखिएको छ । यसले गर्दा भएका आईसोलेशन बेडहरु नपुग हुने देखिएकोले थप बेडहरुको व्यवस्था गर्नु पर्ने देखिन्छ ।
आईसोलेशन वेडमा उपचार गराईरहेका संक्रमितहरुको स्वास्थ्य सामान्य रहेको स्वास्थ्यकर्मी एवं संक्रमित स्वयंले बताईरहेका छन् । कुनैमा संक्रमणको लक्षण देखा नपरेको श्रोत भन्छ । तर संख्या बढ्दै गएपछी सरसफाई, पानी, दिसा पिसाव आदिको समस्या पनि बढेको धौलागिरी क्याम्पसको आईसोलेशनमा रहेका संक्रमितहरुको गुनासा आएको छ । ब्रेब फास्ट बिहानी खाजा दिन छोडिएको पनि संक्रमितहरुले ईबागलुङ संग गुनासो गरे । स्वास्थ्यकर्मीहरुबाट राम्रो व्यवहार भएको उनिहरुले खुलासा गरेका छन् । संक्रमितहरुले स्वाब नमुना संकलन गरी प्रयोगशालामा पठाईएको तर तीन चार दिन हुँदा पनी रिपोर्ट नआएको बताए । १४ दिन बितिसक्यो पीसीआर रिपोर्ट नेगेटिव आए घरमा जाने होलानि उनिहरु भन्छन् ।
बुर्तिवाङ स्वास्थ्य केन्द्रमा रहेका संक्रमितहरुको पनि स्वास्थ्य सामान्य रहेको बताईएको छ । उनिहरुले ईम्युनिटी पावर बढाउन आयुर्वेदिक औषधि खुवाउन थालेको जानकारी दिए । केन्द्रबाट प्रवाह गरिने स्वास्थ्य सेवा, खानपान सबै राम्रो भएको संक्रमित बताउछन् । गल्कोट नगरपालिकाको नरेठाँटी स्वास्थ्य चौकीमा निर्मित आईसोलेशन बेडहरुमा आज १० जना संक्रमितहरुलाई व्यवस्थापन गरिएको छ ।
धौलागिरी अस्पतालमा २४ आईसोलेशन बेडहरु छन र त्याहाँ १२ जना आईसोलेट छन् । सूचना अधिकारी तीर्थ गौतमले एउटा कोठामा संक्रमित महिला राखिएकोले त्यस्मा अरु पुरुषहरु राख्न नमिल्ने बताए । उनले २ जना संक्रमितहरुलाई उनिहरको स्वास्थ्य स्थिति सामान्य रहेकाले १४ दिन पछी बिना पीसीआर परीक्षण घर पठाईएपनि अब पीसीआर रिपोर्ट हेरेर मात्र बिदा दिईने बताए ।
यसैबीच निसीखोला गाउपालिका ५ गलगट्टा क्वारेन्टाईनका स्थित क्वारेन्टाईनमा रहेका ६८ जनाको आरडीटी रिपोर्ट नेगेटिव आएपछी पीसीआर परीक्षण नगरीकनै बिदाई गरिएको छ । पीसीआर नगरी नपठाउनु पर्ने थियो भन्दै स्थानीयले उनिहरुलाई होम क्वारेन्टाईनमा उच्च सतर्कताका साथ अनुगमन गर्नु पर्ने बताएका छन् ।
निसीखोला-५ गलगट्टा क्वारेन्टाईनका ६८ जनाको आर डि टी परिक्षण पछि घर फर्किए !