Sorry, that menu does not exist.
 

मृतक बिमला पुनका परिवारलाई बिहुँकोट समाज जापानव्दारा सहयोग हस्तान्तरण !

भरत सापकोटा बिहु बागलुङ २०७७ असार ८ । बागलुङ जिल्लाको काठेखोला गाउपालिका ४ तंग्राम फापरखेत ९ठोट्नेरी० मा गत असार ६ गते बिहानै दुखद घट्ना घट्यो जस्ले भौतिक मात्र नभएर मानवीय क्षति सम्म गरायो। घट्ना बिहान ७ बजे तिर घटेको र घट्नाको सुचना पाउने बित्तिकै नेपाल प्रहरी सेना घटना स्थल त पुग्यो तर पहिरो संगै घरमा पुरिएकी बिमला जिवितै उद्धार गर्ने आश गरेर पहिरो बगेको आधा घण्टामा नै घटना स्थल पुगेको प्रहरी टोली र नेपाली सेनाको टोली र स्थानिहरुले ठुलै प्रयास गरेपनि बिमलालाई जिबितै उद्धार गर्न भने सकिएन ।

त्यो संगै उनको घर निसना नै मेटेने गरि पहिरोले बगाएपछि जनतन बाँच्न सफल भएका उनका दुई छोरी र श्रीमानलाई अर्को पीडा थपियो । आफ्नो साहारा त गुमिसक्यो त्यो संगै एक छाक खाने र एक सरो लुगा समेत तेहि पहिरो संगै बिलाए । न आफ्नो भन्ने नै साथ मा छ न केहि ? सबै गुमाएका टोपबाहादुरले भक्कानिदै भने ५ बर्षिय सानी छोरी कक्षा १० पढ्दै गरेकी छोरी आस्मा छन् । श्रीमती बिमलालाई आफ्नै आँखा अगाडि गुमाएका टोपबहादुरलाई ती छोरीहरुलाई कसरी पालन पोषण र शिक्षा दीक्षा दिने भन्ने समस्याले नै पिरोलेको उनी बताउछन् । प्रत्यक्षदशप्ए कृष्ण पुनले घर पहिरोले बगाए लगत्तै उद्धार गर्न त पुगियो तर माथिबाट बग्दै गरेको पहिरोले उनले गुहार माग्दै गर्दा समेत गुहार दिन नसकिएको भन्दै आफ्नै आँखाले त्यसरी बिमलाई गुमाउदा सबै गाउनै शोकमा डुबेको जानकारी दिए ।

यसै बिच हिजो नै समाजमा आईपरेका प्राकृतिक बिपत्ति शैक्षिक स्वाथ्य लगाएत हरेक घटनाका पीडितहरुलाई तत्कालै मलम लगाउने उद्धेश्यले स्थापित परोपकारी संस्था बिहुँकोट समाज जापानले हिजो पहिरो पीडित टोपबाहादुर पुनलाई नगद रु १०,हजार सहित खाध्यान्न ,चामल ,दाल,तेल ,नुन ,साबुन ,बिस्तारा सेट हस्तान्तरण गरेको छ।
सो अवसरमा समाजका सचिब भिष्म कडेंलले बोल्दै समाज परेका बिपत्तिहरु एकजुट भएरै समाधान गर्नु नै सामाजिक दायित्व भएको र बिमला पुनलाई गुमाउनु पर्दा आफु र आफ्नो संस्था दुखि रहेको बताउदै यो शक घडी परिवारजनमा गहिरो संमवेदना समेत ब्यक्त गरेका थिए ।

सो संस्थाका सल्लाहाकार एवं वडा नं ५वडा अध्यक्ष शिव कडेंल रधुपति शर्मा ,कोषध्यक्ष नारायण प्रसाद कडेल,गौशंकर शर्मा सुवेदी ,ग्यानकुरी श्रीष शर्मा, ग्यामनाथ कडेंल लगाएत टोलीले संयुक्त रुपमा हस्तान्तरण गरेको थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !