मित्रलाल खरेल गल्कोट २०७७ असार ९ । गल्कोट नगरपालिका ३ हटिया बजार स्थित स्वास्थ्य चौकीमा गए राति ४ जना गर्भवती महिलाहरु सुत्केरी भएका छन् । दुई जना अहेब, चारजना नर्सिङ स्टाफ, एकजना ल्याव टेक्निसियन र एक जना कार्यालय सहयोगी रहेको स्वास्थ्य चौकीमा एक रातमा चार चारजना गर्भवती महिलाहरु सुत्केरी भएको यो पहिलो पटक भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
सुत्केरी हुनेहरुमा गल्कोट नगरपालिका २ की लक्ष्मी नेपाली, वडा नं ३ की विना खड्का, वडा नं ६ की पूजा भण्डारी र वडा नं ८ की मेनुसा बीसी रहेका छन् । आमा र शिशुहरुको स्वास्थ्य सामान्य रहेको बताईएको छ ।
चौकीका ईन्चार्ज अहेव दिलु सुवेदी
कोरोना महामारीको उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरुले आफ्नो स्वास्थ्यको प्रवाह नगरी रातभर अनवरत रही चार जना गर्मवती महिलाहरुलाई प्रसुति गराउनु प्रशंसनीय कार्य भएको स्थानीयले बताएका छन् । स्वास्थ्य चौकीका ईन्चार्ज अहेव दिलु सुवेदीले गर्भवती महिलाहरुलाई सुत्केरी गराउने संवेदनशील काम भएको चर्चा गदैै चौकीबाट प्रवाह गरिने सेवाप्रति स्वास्थ्यकर्मीहरु सदैब सजग रहेको ईबागलुङलाई बताए ।
One Comment