Sorry, that menu does not exist.
 

पहिरोमा पुरिएर ज्यान गुमाएकी तंग्रामकी बिमलाका परिवारलाई सहयोग आउने क्रम जारी !

भरत प्रसाद सापकोटा बिहुँ बागलुङ २०७७ असार ९ । बिंहुकोट समाज जापान कान्साई क्षेत्रीय समितिका अध्यक्ष मीसन नेपाल जापानका प्रमुख सल्लाहकार बेद प्रसाद कंडेल ९ पुरुषोत्तम० बाट रु १०००० हजार त्यस्तै बिहुँकोट समाज जापानका निबर्तमान उपाध्यक्ष बर्तमान नेपाल जापान समन्वयन समितिका संयोजक गोबिन्द प्रसाद कँडेल बाट रु १०००० स्वर्गिय पिता भिम बहादुर क्षेत्रि स्मृतिमा छोरा गोबिन्द बहादुर क्षेत्री बाट रु १०१०० प्रदान गर्नु भएको छ। त्यस्तै राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङले हिजो नै बिमला पुन को परिवारलाई रु १०,०००।( साथै पहिरोबाट बिस्थापित भएका चन्द्र बहादुर पुन, भिम बहादुर पुन र लाल बहादुर पुनका परिवारलाई रु ४,०००।( का दरले राहत रकम उपलब्ध गराएको राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तिलक थापा जानकारी दिनुभएको छ। भने वडा नं ४को तर्फ बाट ३सेट बिस्तारा ,२बोरा चामल,लगाएत समाग्रि बितरण गरिएको वडा अध्यक्ष केशव बताए । उनले भने रेडक्रशबाट पनि ४थान पाल,१सेट भाडाकुडा एकसेट कपडा सहित बितरण गरिएको थापाले बताए।

त्यहाँ गएको भिषण पहिरोले अन्य ४घर बिस्थापित बनेका छन् उनिहरुको ब्यस्थापन कसरी गर्ने भन्ने समस्या देखिन थालेको छ।पहिरो बाटै पिडित बनेका चित्र बहादुर पुनले भने बालबच्चा गाई ब्रखा अनि आफु कहाँ बस्ने भन्ने भईसक्यो के गरेर रात काट्ने गाउँलेको एउटा सानो गोठ मा बसेका छौ त्यसैले निक्कै कष्ठकर तरिकाले दिन हरु बिताउन बाध्यभएको उनले बताए ।केहि समय पहिले मात्र ब्राखा फर्म संचालन गर्ने तयारीका साथ निर्माण गरेको फर्म समेत पहिरो को जोखिम परेपछि ब्यबसाय समेत अन्योलता तर्फ धकेलिन थालेको दुखेसो पोखे।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !