सोम शर्मा बागलुङ २०७७ असार १० । सरकारले बनाएका क्वारेन्टाइन ब्यबस्थित नभएर बागलुङमा ब्यबस्थित क्वारेन्टाइनको माग भएको बेला यहाँका होटल ब्यबसायीले उनिहरुका माग सम्बोधन गर्नेगरी होटललाई सुरक्षित र ब्यबस्थित क्वारेन्टाइन बनाउन जमर्को गरे । फलस्वरुप बजारका ७ वटा होटललाई क्वारेन्टाइन बनाउने निधो गरेर सशुल्क आफ्नै तरिकाले ब्यबस्थित तबरले क्वारेन्टाइनमा बस्न चाहनेलाई होटलहरुले बुकिंङ सुरु गरे । उनिहरुले पुर्ण सुरक्षित भएर आफ्ना कोठालाई क्वारेन्टाइनमा परिणत गरेको दाबी पनि गरिरहे, अहिले नगरका ४ वटा होटललाइ क्वारेन्टाइन बनाएर सन्चालन गरिरहेका छन ।
ब्यबसायीहरुले आंफु जोखिममा रहेर पनि मानवीय सेवाभावले यस किसिमको ब्यबस्था गरिएको भनेर भनिरहंदा अहिले भने उनिहरुलाई सामाजिक रुपमा भेदभाव भएको क्वारेन्टाइन सन्चालन गरेर बस्ने होटल ब्यबसायीहरु बताउंछन ।
यसै सन्दर्भमा होटल पिस प्यालेसलाइ क्वारेन्टाइनमा परिणत गरेर बसेका तथा बागलुंङ होटल ब्यबसायी संघका अध्यक्ष निलेश राजभन्डारी भन्छन अहिले हामीलाई वरपरकाले हेर्ने दृष्टिकोण केहि भिन्न रहेको छ । हामीले पुर्ण रुपमा सुरक्षित भएर क्वारेन्टाइनमा रहेका मानिसलाई सेवा दिइरहेपनी हामीलाई नै कोरोना सार्छ कि झै गर्ने ब्यबहार गर्ने गर्छन । हामी सम्पुर्ण ब्यबसायी खाना खान दिंदा उनिहरुसंग समिपमा पनि जांदैनौं, हामी जांदा पनि मास्क पन्जा र सेनिटाइजर प्रयोग गर्ने गर्छौं, क्वारेन्टाइनमा बसेका ब्यक्तीहरु पनी आफ्नै कोठामा बाहेक अन्त जांदैनन, हामीले उहाँहरु जानेबित्तिकै ती रुमलाई डिइन्फेक्टेड गर्ने गर्छौ जस्ले गर्दा त्यहाँ केहि किटाणु रहेमा पनि अन्त सर्न पाउंदैन ।
हामी आंफै पनि सचेत छौं किनकी हाम्रो पनि त परिवार छ हामीलाई पनि हाम्रो माया छ तर बाहिर हामीप्रती गरेको ब्यबहारले हामी दुखित छौं । राजभण्डारी भन्छन हामीलाई सिधै आएर त भनेका छैनन तैपनी अप्रत्यक्ष रुपमा सामाजिक अपहेलना गरेको महसूस गरेका छौं तैपनी मैले आम सर्वसाधारणलाई के कुरा जानकारी गराउन चाहन्छु भने हामी एकदमै सुरक्षित रुपमा हरेक कृयाकलाप गरेकोले क्वारेन्टाइन सन्चालन गर्ने होटल ब्यबसायीलाई अन्यथा ब्यबहार नगर्न अनुरोध गर्दछु ।
त्यस्तै अर्र्को होटल त्रीबेणी होटलका प्रोप्राइटर हिमाल पौडेल भन्छन, यस अवस्थामा नगरपालिकाले समेत त्यती धेरै चासो नदिएको हो कि भन्ने लागेको छ, बेला बेलामा चिकित्सकद्वारा क्वारेन्टाइनमा बसेकाको स्वास्थ्य परिक्षणको लागी नगरपालिकाले समन्वय गरिदिएमा हामीलाई र क्वारेन्टाइनमा बसेकालाई समेत ढुक्क हुन्थ्यो । आबश्यक सुरक्षाको सामग्री समेत उपलब्ध गराईएको छैन तैपनी हामी आंफै सुरक्षित तबरले बसेका छौं,उनीहरुको रुम नै छुट्टै छ ।
उनीहरुसंग हामी छोर्इंँदा पनि छोइंदैनौ हामी पूर्णरुपले सुरक्षित भएर लागिरहंदा पनि वरपरकाले हेर्ने दृष्टिकोण फरक भएको देख्दा दुखित त छौं नै । वरपरकालाई भन्दा डर त हामीलाई पनि छ नि । सजग हुनु त रार्मो होला तर अपहेलना जस्तो ब्यबहार गर्नु अलि सही हो जस्तो मलाई लाग्दैछ ।
खुलेआम खोलिने पसल भन्दा हाम्रो ब्यबसाय सुरक्षित रहेको उनको तर्क थियो, कम्सेकम हाम्रोमा आउने मान्छे निस्चित हुन्छन र त्यो पनि क्वारेन्टाइनमा बस्छन त्यसैले होटल ब्यबसायीलाई फरक धारणाले यस्तो बेलामा हेर्न नहुने ब ताए, पौडेल जोड्छन हामीलाई यतिखेर साथ र सहयोगको आबश्यकता छ दुब्र्यबहारको हैन । उनले यस्तो बेलामा सबैजना सजग भएर यो महामारिलाई मिलेर लड्नुपर्ने सन्देश समेत दिए ।
अहिले अधिकांश ब्यक्तीहरु कोरोना लागेर भन्दा नि सामाजिक दुब्र्यबहारको शिकारमा परिन्छ कि भन्ने तनाबमा गुज्रेका छन यो अवस्थामा हामीले समाजका सचेत नागरिक भएको हैसियतले पनि यो महामारिको अवस्थामा हामिभित्र रहेको मानबियता देखाउनु एकदमै आबश्यक रहेको छ, सजग हुनु र सुरक्षित हुनु एकदमै सही हो तैपनी अपहेलना गर्नु एकदमै गलत हो । सबै सजग बना,ै सामाजिक दुरी हैन भौतिक दुरी कायम गरेर बसौं ।