Sorry, that menu does not exist.
 

ब्यवसायिक कृषि फर्ममा रमाउदै बिहुकोटका युवाहरु : भन्छन्- “गर्न सके नेपाल मै रमाउन सकिन्छ”

रामशरण पोखरेल, बागलुङ बिहुँ २०७७ असार १० । काठेखोला गाउँपालिका ५ कर्लिममा ब्यवसायिक कृषि फर्म निर्माण गरि त्यहाँका केही युवाहरु ब्यवसायमा लागिपरेका छन । “कर्लिम नमुना पशुपक्षी तथा कृषि फर्म” को नाममा कर्लिमका ६ जना युवाहरुले बाख्रा, गाई र भैंसी पालन ब्यवसाय सुरु गरि ब्यवसाय अघि बढाइरहेका छन । १ बर्ष अघिदेखि शुरु गरिएको फर्ममा हाल ५९ बाख्रा, ४ गाई र ३ भैंसी रहेका छन । यो संगै कालिज लाई पनि थप गरि कालिज ब्यवसाय बढाउने सोचमा रहेको संचालकहरु बताउँछन् । उनिहरुले जग्गा भाडामा लिएर ब्यवसाय गरेका हुन ।

फर्ममा रहेका बाख्राहरु जमुनापारी, बोयर र खरी गरि तीन जातका छन । दुइ सय बाख्रा अटाउने गरि खोर निर्माण गरिएकोले त्यहा रहेका बाख्राबाट उत्पादन हुने थप बाख्राको लागि कुनै समस्या हुने छैन ।

हालसम्म भौतिक पूर्वाधार र बाख्रा खरीदमा ४५ लाख खर्च गरिएको फर्मका एक संचालक लेखनाथ कंडेलले इबाग्लुङ लाई बताए । फर्मलाइ अझै ब्यवस्थित गराइ बाख्रा, गाई र भैंसी लाई बढाउने सोचमा रहेकोले फर्म निर्माण पुर्णरुपमा आउनलाइ केही समय लाग्ने र लगानी पनि थपिने कंडेलले बताए ।

यसरी ग्रामीण क्षेत्रमा यस्ता खालका कृषि ब्यवसायहरुलाइ प्रोत्साहन गर्ने गरी प्रत्यक्ष रुपमा गाउँ-गाउँमा रोजगारी सृजना हुने खालका कृषि कार्यक्रमहरु ल्याउन जरुरी रहेको फर्मलाई नजिक बाट नियालिरहनुभएका स्थानिय युवा समाजसेवी खिमानन्द कंडेलले बताए । यस्ता कार्यक्रमले स्वदेशमै युवाहरुलाइ रोजगारको शिर्जना हुने भएकोले ग्रामीण क्षेत्रमा शुरुवात गरिएका यस्ता व्यवसायहरुलाई सहयोग, संरक्षण र प्रोत्साहन गर्ने नीति सरकारले अबलम्बन गर्नु जरुरी रहेको कंडेलको भनाइ छ ।

आफ्नै गाउँठाउमा गरिने यस्ता ब्यवसायले बिदेशिने हजारौं नेपालिलाइ सकारात्मक सन्देश दिएको उक्त फर्मका संचालकहरु बताउछन । उनिहरु लगानी अनुसारको आम्दानी हुनेमा पनि ढुक्क रहेको बताउछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !