Sorry, that menu does not exist.
 

धौलागिरी अस्पताल लगायत थप दश अस्पतालहरुमा RT-PCR प्रयोगशाला सन्चालन गर्ने सरकारको निर्णय !

राम प्रसाद घिमिरे/सोम शर्मा, बागलुङ २०७७ असार १२ । कोभिड- १९ रोगको रोकथाम तथा नियन्त्रणका लागी RT-PCR प्रविधिबाट परीक्षण गर्न सातै प्रदेशमा सरकारी तवरमा हाल सन्चालनमा रहेका २३ वटा प्रयोगशालाका अतिरिक्त हाललाई धौलागिरी अस्पताल लगायत थप दश अस्पतालहरुमा पयोगशाला सन्चालन गर्ने आज २०७७ असार १२ गते नेपाल सरकार सचिवस्तरको निर्णय भएको छ ।

थप दश अस्पतालहरुमा धौलागिरी अस्पताल, मेची अस्पताल, डडेलधुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धनकुटा अस्पताल,वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पताल रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।।

बागलुङ स्थित धौलागिरी अस्पतालमा RT-PCR प्रयोगशाला सन्चालन भएमा साबिक धौलागिरी अन्चलका चारै जिल्लाहरुलाई सुविधा मिल्ने निश्चित छ ।

कोभिड- १९ ब्यबस्थापन समितिका संयोजक तथा बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले यस्लाई एकदमै सुखद पल रहेको बताए । हामीले बिभिन्न तबरले प्रदेश सरकारलाई र केन्द्रिय सरकारलाई पनि यस्को लागी पहल गरिरहेको सन्दर्भमा यो निर्णयले म्याग्दी,पर्वत र बागलुंङ्लाई समेत सहज हुने बिश्वास ब्यक्त गरे । जनशाक्तिको अभाव त छ नै तैपनी त्यस्को ब्यबस्थापन गरेर यस्लाई छिटै कार्यान्वयनमा ल्याउन सके क्वारेन्टाइनमा बस्नेलाई समेत अबको दिनमा सहज हुने उनको भनाई थियो ।

त्यस्तै धौलागिरी अस्पतालाका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बिक पोखरेलले यसरी बागलुंङ्मा RT-PCR मेसिन आउने निर्णय हुनु अत्यन्तै सकारात्मक रहेको बताए । आबश्यकता थियो नै अहिले आउने निर्णय भएछ । अब छिमेकी जिल्ला सहितको परिक्षण गर्न सहज हुने र नतिजालाई हप्तौ हप्ता कुर्नुपर्ने समस्या समाधान भएको उनको भनाइ थियो । डा पोखरेलले यहाँ ल्याउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबैलाई धन्यबाद समेत दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment