Sorry, that menu does not exist.
 

फलेवासमा कृषि विकास कार्यक्रमका लागि १ करोड ५० लाख बजेट विनियोजन !

लक्ष्मण बीसी, फलेवास २०७७ असार १२ । फलेवास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७।०७८ को बजेटमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई मुख्य प्राथमिकतामा राखेको छ ।

आगामी आर्थिक वर्षको बजेट ८३ करोड २२ लाख ८१ हजार ९५० बराबरको प्रस्तुत गरेको छ । नगरपालिकाको सातौ नगरसभामा नगर उपप्रमुख मन्जु अधिकारीले गत बुधबार प्रस्तुत गरेको आगमी आर्थिक बर्षको बजेटमा कृषि विकास कार्यक्रमका लागि १ करोड ५० लाख विनियोजन गरेको बताइन् ।

फलेवासबासिको दिगो र मुख्य आम्दानीको स्रोत कृषि नै भएकोले कृषिमा व्यवसायीकरण, यान्त्रिकिकरण र आधुनिकीकरण गर्न, पशुसेवा र कृषि विकासका समग्र कार्यक्रम संचालन गर्न उक्त रकम विनियोजन गरेको बताइएको छ ।

राष्ट्रिय र स्थानीय महत्त्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पु¥याउने, वाली वस्तुको साना व्यवसायिक कृषि उत्पादन केन्द्र विकास कार्यक्रम संचालन गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका लागि २४ लाख व्यवस्था गरिएको अधिकारीले बताइन् ।

एक वडा एक कृषि फार्म, कार्यक्रमलाई निरंतरता दिएको र बिरुवा हाम्रो फल तपाईको टनेल हाम्रो उत्पादन तपाईको, कफी बगैँचा कार्यक्रम, उपलब्धिमा आधारित कृषि अनुदान, कृषि उपजको समर्थन मुल्य व्यवस्थापन, वहु उदेश्यीय नर्सरी व्यवस्थापन, गाईभैसिं पालन, फलफुल नर्सरीमा व्यवस्थापनको लागि पनि बजेटमा व्यवस्था गरिएको उनले बताइन् ।

भैंसीको साना व्यावसायिक कृषि उत्पादन केन्द्र विकास र व्यवसायीक तरकारी खेती कार्यक्रम संचालन गर्न साझेदारीमा ६० लाख विनियोजन गरिएको छ ।

त्यस्तै खाद्यान्न बालीको बिज वृद्धि, एकीकृत बाली तथा जल व्यवस्थापन, कृषक पाठशाला मार्फत कृषकहरुको ज्ञान र व्यबहारिक सीप विकास कार्यक्रम संचालन गर्न वृहत् फलेवास सिचाइ क्षेत्रमा समुदाय व्यवस्थित सिंचित कृषि क्षेत्र कार्यक्रम कार्यनयनको लागी १० लाख बजेट व्यवस्था गरिएको छ ।

साझेदारीमा एक वार्ड एक पशु फार्म, बाख्रा पालन, स्थानीय जातका कुखुरा पालन, पशु स्वास्थ्य तथा प्रयोग सेवा, पशु स्वास्थ्य शिविर तथा खोप, पशु विमा, दुध ढुवानीमा अनुदान, कृतिम गर्वाधान, डालेघास तथा भुइँघाँस प्रबर्द्धन गर्न आवश्यक रकम विनियोजन गरिएको बजेट व्यक्तव्यमा उल्लेख गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !