मनु सुनार, गुल्मी २०७७ असार १३ । गुल्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या अहिलेसम्म २ सय ७५ पुगेको छ ।जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकामा गरी शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या २ सय ७५ पुगेको हो ।
शनिबार जिल्लामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
आज कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुमा धुर्कोट गाउँपालिकाका ६ जना, रेसुङ्गा नगरपालिकाका ४ जना, छत्रकोट गाउँपालिकाका ८ जना रहेका छन् । संक्रमण देखिएका सबै भारतबाट आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिलेसम्म ईस्मा गाउँपालिकाका ५७ जना, कालिगण्डकी गाउँपालिकाका १ जना, गुल्मीदरबार गाउँपालिकाका २२ जना, चन्द्रकोट गाउँपालिकाका १८ जना, छ्त्रकोट गाउँपालिकाका ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
धुर्कोट गाउँपालिकाका ३३ जना, मदाने गाउँपालिकाका ६ जना, मालिका गाउँपालिकाका १३ जना, मुसिकोट नगरपालिकाका १५ जना, रुरुक्षेत्र गाउँपालिकाका २३ जना, रेसुङ्गा नगरपालिकाका ४१ जना, सत्यवती गाउँपालिकाका ११ जनामा कोराना संक्रमण पुष्टि भएको छ । जिल्लामा कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भइसकेको छ ।
जिल्लामा ३४ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएर घर फर्किसकेका छन् । स्वास्थ्य कार्यालयका अनुसार रेसुङ्गा नगरपालिकाका १७ जना, ईस्मा गाउँपालिकाका १० जना, मदाने गाउँपालिकाका १ जना, चन्द्रकोट गाउँपालिकाका १ जना, धुर्कोट गाउँपालिकाका १ जना, गुल्मीदरवार गाउँपालिकाका २ जना र मालिका गाउँपालिकाका २ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । उनीहरु सम्बन्धित स्थानीय तहले तयार गरेको आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय गुल्मीका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।