सुमन सुनार,२०७४ बैशाख १९ । अखिल छैठौ जिल्ला समिति बागलुङको आयोजनामा सोमवार बुर्तिबाङमा पनि मित्रमणी आचार्य दिवस मनाइएको छ ।
विक्रम सम्वत २०१९ असार ३ गते प्युठानको राम्दी भन्ने स्थानमा जन्म भई सानै उमेर देखि विद्यार्थी आन्दोलनमा लाग्नुभएका आचार्य २०४२ बैशाख १८ गते चितवनको बेलैदीमा विद्यार्थीको कार्यक्रममा जाने क्रममा तत्कालीन मण्डले गुण्डाहरुको साँंघातिक हमलामा परि मृत्यु भएको थियो । उनकै सम्झनामा हरेक वर्ष बैशाख १८ गते यो दिवस मनाइने गरिन्छ ।
आचार्यको संझनामा बुर्तिवाङमा आयोजना गरिएको स्मृति सभामा अखिल छैठौ जिल्ला समितिका अध्यक्ष शिवलाल चालिसेको अध्यक्षता रहेको थियो भने राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव धर्म कुवँरको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा बोल्दै प्रमुख अतिथि कुँवरले क्रान्तीकारी विद्यार्थी आन्दोलनलाई अगाडि वढाउने क्रममा सहदत्त प्राप्त सहिदहरुको उच्च सम्मान गर्दै सोहि बाटोमा कटिवद्ध भएर लाग्नुपर्ने धारणा राखेका िथए ।
यस्तै सभामा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरीस्वर पाण्डे, दुर्गादेवी घर्ति, अखिल नेपाल शिक्षक संघ बाग्लुङका जिल्ला उपाध्यक्ष दुर्गा भण्डारी, अखिल नेपाल युवक संघका जिल्ला सदस्य देवेन्द्र घर्ति मगर, रक्तीम साँस्कृतिक अभियानका देव नारायण बुढा, अखिल छैठौका राष्ट्रिय परिषद सदस्य जिवन पाण्डे लगायतको विशेष उपस्थीती रहेको थियो ।
सहिद आचार्यको फोटोमा माल्यार्पण गरि सुरुभएको कार्यक्रमको सञ्चालन विद्यार्थी इन्द्रमणी पाण्डेले गरेका थिए ।