Sorry, that menu does not exist.
 

बागलुङमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएकै हो ?

भरत सापकोटा, बागलुङ, २०७७ असार १४ । काठेखोला गाउपालिका ५ बिहुँ स्थित अमर माबिको क्वारेन्टाईनमा खाना पुराउने एक महिला र एक पुरुष तथा क्वारेन्टाईनको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछी कोरोना संक्रमण समुदायमा पुगेको (कम्युनिटी ट्रान्समिसन) विश्वास गरिएको छ ।

हिँजो राति स्वास्थ्य निर्देशनालय गण्डकी पोखराबाट जारी विज्ञप्तीमा बागलुङ जिल्लामा २७ जनामा कोरोना संक्रमण पुष्टि हुनेहरुमा काठेखोला गाउपालिकाका दुई महिला र दुई पुरुष रहेका छन् । उनिहरु मध्य संक्रमित तीन जना क्वारेन्टाईनमा बसेकाहरुलाई खाना पुराउन जाने दुई जना र एक जना सुरक्षाकर्मी हुन् ।

काठेखोला गाउपालिकाले गाउपालिकाका विभिन्न क्वारेन्टाईनमा व्यवस्थापन गरिएकाहरुको लागी बिहान बेलुकीको खाना र खाजा खुवाउन स्थानीय होटेलहरु वा व्यक्तिहरुलाई जिम्मा दिने गरेको छ । क्वारेन्टाईनको व्यवस्थापन फितलो हुँदा संक्रमण समुदायमा फैलिएको विश्वास स्थानीयको छ । अर्कोतिर स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागी पोखरा पठाईने गरेकोमा उनिहरुको रिपोर्ट एक दुई हप्ता पछी मात्र आउने गरेकाले क्वारेन्टाईनमा बस्नेहरुमा लापर्बाही बढेको हो ।

कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारमा स्थानीय पालिकाले बारम्बार सचेत गराउदा समेत त्यस्लाई क्वारेन्टाईमा बस्नेहरु र उनिहरुका सम्पर्कमा रहनेहरुले गम्भीररुपमा नलिईदिदा यो अवस्था आएको बुझाई गाउपालिकाको छ ।

संक्रमित महिला, पुरुष र सुरक्षाकर्मी ककसको सम्पर्कमा आए उनिहरुको खोजी गरी कन्ट्याक ट्रेसिङ गर्नुपर्छ, या समुदायमा परीक्षण गर्नु पर्ने अवस्था आएको छ । यस सम्वन्धमा आवश्यक छलफल गर्न अहिले गाउपालिकाको आकष्मिक बैठक बसिरहेको गाउपालिका अध्यक्ष अमर थापाले जानकारी दिए ।

यस्तोछ, काठेखोला गाउपालिकाले कोरोना रोमथामका लागी चालेका प्रयासहरु !
काठेखोला गाउपालिका पाँच दिन पूर्णरुपमा सिल !
सुरक्षा टोलीव्दारा काठेखोला गाउपालिकाको अनुगमन : के भन्छन प्रमुख जिल्ला अधिकारी सैँजु ?

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment