Sorry, that menu does not exist.
 

होटेललाई क्वारेन्टाईनमा परिणत गरेर सेवा प्रवाह गरिरहेका व्यवसायीहरुको यस्तो छ पीडा !

सोम शर्मा, बागलुङ २०७७ असार १४ । बागलुङमा होटललाइ क्वारेन्टाइनमा परिणत गरेर बसेका होटल ब्यबसायीहरुलाई लक्षित गरेर अनेक अफबाह फैलाएको सन्दर्भमा बागलुङ होटल ब्यबसायी संघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
होटललाई क्वारेन्टाईनमा परिणत गर्ने व्यवसायीहरु सामाजिक दुर्व्यवहारको शिकार !
आजै मात्र संघका अध्यक्ष निलेश राजभन्डारीले प्रेस बिग्यप्ती प्रकाशित गरी बिदेशबाट आउन चाहेका तर ब्यबस्थित तबरले आफ्नै खर्चमा बस्न चाहनेलाइ होटल ब्यबसायीहरु मिलेर डब्लु एच ओ को मापदण्ड अनुसार क्वारेन्टाइनमा परिणत गरेर राखेकोमा होटल ब्यबसायीलाइ निरुत्साहित हुने तबरले होटल ब्यबसायी तथा कर्मचारीलाइ कोरोना संक्रमित भएको र यिनिहरुबाट समाजमा कोरोन संक्रमणको जोखिम र भयावह फैलाउने भन्ने भ्रामक हल्ला फैलाएकोमा आपत्ती प्रकट गरेका छन्। बिज्ञप्तिमा, होटल ब्यबसायीहरुले आर्थिक स्वार्थ राखेर मात्र क्वारेन्टाइन सन्चालन गरेका हैनौं यो आयले त होटलको खर्च धान्नै सक्दैन तैपनी सामाजिक उत्तरदायित्व सम्झेर हामीले यस्तो विषम परिस्थितिमा पनि सेवाभावले विभिन्न चुनौतिलाइ अंगालेर यो काम गरेका हौं, हामी सबैलाइ सुचित गर्दछौ कि होटलमा आएर बस्ने कोरोना संक्रमित हैनन, यदि उनिहरुलाइ कोरोना देखिए नगरपालिकाको स्वास्थ्य शाखाबाट आबश्यक स्वास्थ्यका पुर्वाधार प्रयोग गरेर सुरक्षित बनाइने छ यसमा कसैले पनि अन्यथा नसोच्न आग्रह गर्दछौं। यसै बिषयलाई लिएर बागलुंग नगरपालिकाले समेत विज्ञप्ती प्रकाशित गरि यस्ता हल्ला नफैलाइकन पेशाकर्मीलाइ काम गर्ने वातावरण बनाउन आग्रह गरेको छ।
 

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !