Sorry, that menu does not exist.
 

अविरल वर्षाले पहिरो गएपछि गुल्मी बलिथुममा एक घरपरिवार विस्थापित

मनु सुनार, गुल्मी २०७७ असार १४। अविरल वर्षाले पहिरो गएपछि गुल्मीदरबार गाउँपालिका बलिथुममा एक घरपरिवार विस्थापित भएका छन् । गुल्मीदरबार गाउँपालिका–१ बलिथुम पिपल पोखरामा लोक बहादुर सनारीको घरगोठ पहिरोले बगाएपछि विस्थापित भएका हुन् ।

शनिबार राति करिब एक बजेको समयमा गएको पहिरोका कारण सुनारीको घरगोठ बगाउनुका साथै दुहुँनो गाई, दुहुँनोे भैसी, चारवटा बाख्रा, सुगुर, कुखुरासँगै घरमा भएको सबै सामान बगाएको हो। निरन्तरको वर्षाले घरगोठ बगाएपछि करिब २५ लाख भन्दा धेरैको क्षति भएको छ ।

विस्थापित परिवारलाई अहिले सोही वडाको जनज्योति प्राथमिक बिद्यालयमा स्थानान्तरण गरिएको छ । विस्थापित परिवारलाई स्थानीय बलिथुम क्लबले खाद्यान्न तथा भाँडा प्रदान गरेको छ । नेपाल रेडक्रस सोसाइटीद्धारा त्रिपाल र कम्बल राहत स्वरुप प्रदान गरिएको बलिथुम उपशाखा सभापति प्रेम माचकोटीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !