Sorry, that menu does not exist.
 

देशरभर देखिन थालेको सलह आजदेखि बागलुङ जिल्लामा प्रवेश !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ असार १५ । देशरभर देखिन थालेको सलह आजदेखि बागलुङ जिल्लामा समेत प्रवेश गरेको छ । बिहान बडीगाड गाउँपालिका, गल्कोट नगरपालिका लगाएतका क्षेत्रमा देखिएको उक्त सलह किरा अपरान्ह करिब साढे चारबजेदेखि ढोरपाटन नगरपालिका तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका देखि देखिने गरी आकासमा हुलका हुल उडिरहेको छ । निरन्तर साँझ साढे ६ बजजेसम्म उडिरहेको देखिने उक्त सलह कुन स्थानमा बसेको भन्ने अझै पत्ता लागेको छैन् । अबको एक दुई दिनमा यसक्षेत्रका खेतबारीमा प्रसस्त मात्रामा सलह देखिने निश्चित जस्तै भएको छ।

धेरै सँख्यामा प्रवेश गरेका कारण सलह धपाउनमा कृषकहरु सक्रिय पुर्वक जुट्नु पर्ने देखिएको छ । सलह बढि मात्रामा एकै क्षेत्रमा बस्ने र धान, तरकारी, फलफुल मकै लगाएतका खाद्यान्न खाएर सखाप पार्ने एक प्रकारको किरा हो । माहुरीको हुल जस्तै गरी उड्ने सलह विभिन्न स्थानमा उड्न नसकेर खस्ने समेत गरेको छ ।

सलह खेत बारीमा पसेको खण्डमा त्यसलाई धपाउन मादल बजाउने, थाल अथवा तिखो आवाज आउने भाँडा बजाउने,सलह बसेको स्थल नजिकै आगो फुकेर धुवाँ बनाउन सके केहि हदसम्म भगाउने विज्ञहरुको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

11 Comments