बसन्त घर्तीमगर तमान २०७७ असार १६ । तमानखोला गाउँपालिका ३ तमानको तमानखोला दोस्रो लघु जल बिद्युत परियोजनाको स्थानीयले मरमत गरेका छन् ।
परियोजनाको कुलो, पावरहाउस जाने कच्ची पुल मर्मत, पावर हाउस वरपर र पेनस्टिक पाईप तथा चर्पी निर्माण लगायतका कार्यहरु स्थानीयले झारा (श्रमदान) बाट गरेका हुन् । सो कार्यका लागी करीब ३ सय झारालीहरुले काम गरेका थिए ।