प्रकाश छन्त्याल बरेङ २०७७ असार १६ । बागलुङको बरेङ गाउँपालिका अन्तरगत बरेङ गा। पा। वडा न। १ धुल्लुबास्कोटमा ५ जना, वदा न २ हुग्दिशिरमा ४ जना ,वडा न। ३ बाटाकाचौरमा ३० जना वदा न ४ सल्ल्यानमा ५ जना गरि कोरेन्टाइनमा बसेका हिजो र आज ४४ जनाको कोविड(१९ नेगेटिभ देखिएकोले एक कार्यक्रम गरि बिदाई गरिएको छ ।
बिदाई कार्यक्रममा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले सपथ खुवाई घर घरमा पुर्याउनुका साथै एक हप्ता घरमै होम कोरेन्टाइनमा रहन पनि आग्रह गरे। अहिले सम्म बरेङ गाउँपालिका भरीमा कोरेन्टाइनमा बसेका ८ जनालाई पोजेटिभ देखिएकोले बागलुङ पठाइएका मध्ये २ जना उपचार पछि नेगेटिभ देखिए पछि पहिलै घर फर्किएको र ५ जना आज उपचार पछी नेगेटिभ देखिएकोले घर फर्किएको स्वास्थ संयोजक पदम बहादुर पुनले बताए । ८ जना मध्ये ७ जना उपचार पश्चात् नेगेटिभ भएका घरमा फर्केका छ्न भने १ जनालाई पोजेटिभ देखिएकोले धौलागिरी अस्पतालमा उपचारमा रहेका छन ।
कार्यक्रममा बरेङ गाउँपालिका वडा न १ का वडा अध्यक्ष नर सेङ पुन,स्वास्थ सम्योजक पदम बहादुर पुन, ईलाका प्रहरी कार्यलय बरेङका प्रमुख नरेन्द्र जङ्ग कार्की लगायतको उपस्तिथि रहेको थियो ।
यसैगरी आज नै गल्कोट नगरपालिका ११ रिघामा क्वारेन्टाइन बसेका १५ जनाको पीसीआर रिपोर्ट नेगेटिव आएपछी बिदाइ गरिएको वडाध्यष डम्बर श्रीसले जानकारी दिए । उत गल्कोट नगरपालिका वडा नं ९ का अध्यक्ष तेजबहादुर थापाले दिएको जानकारी अनुसार भैरव मा।वि। क्वारेन्टाइनमा बसेका मध्य १७ जनाको पीसीआर। परिक्षण पश्चात रिपोर्ट नेगेटिभ आए पछि आज बिदाई गरिएको छ ।