हेम विश्वकर्मा बुर्तिबाङ २०७७ असार २० । निसीखोला गाउँपालिका वडा नं ५ ले वडालाई हरियाली र सुन्दर बनाउनका लागि वडामा धुपी, खन्यु, किम्मो, अमृसो जस्ता बिरुवाहरु बितरण गरेको छ । वडाले गाउँपालिका सँगको समन्वयमा वडा भित्रका करिब ७ सय घरधुरीलाई लक्षित गरी प्रतिघर ५ वटाका दरले सो बिरुवाहरु बितरण गरिएको जनाएको छ । बाढीपहिरो, भु–क्ष्य, नियन्त्रण तथा वाताबरण हरियाली बनाउनका निम्ति २ लाख बराबरको बिरुवा मा ४ सय ४८ घरलाई बितरण गरिएको वडा अध्यक्ष हर्कमान घर्तिमगरले जानकारी दिए ।
वातवरण संरक्षणका लागि स्थानिय सरकारले गरेको सो काम प्रशसनीय भन्दै स्थानिय अन्जली घर्तिमगरले खुःसी ब्यक्त गरीन । पछिल्लो क्रममा बनजंगल नास हुनेक्रम बढिरहेकोले बातावरण संरक्षणका निम्ति गाउँपालिकाले अन्य वडामा पनि यस किसिमको कार्यक्रमको योजना बनाइरहेको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए ।