Sorry, that menu does not exist.
 

ढोरपाटन- ४ स्थित छोरेगाउँ माबि क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, रिपोर्ट आउन बाँकी !

रामप्रसाद घिमिरे, बागलुङ २०७७ असार २१ । फोक्सोको रोगले थलिएका युवकको बागलुङ ढोरपाटन नगरपालिका ४ स्थित छोरेगाउँ माबिको क्वारेन्टाइनमा मृत्यु भएको छ ।

निसीखोला गाउँपालिका २ देविस्थान घर भएका २९ बर्षका सुनिल बिकको लकडाउन अघिनै भारतमा उपचारका लागि गएका थिए । उपचार संभव नभएर फर्केपछि क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमै गएराति मृत्यु भएको इलाका प्रहरी कार्यलय बुतिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाश सिह भण्डारीले वताए ।

पहिला उत्तरगंगा माबिको क्वारेन्टाइनमा राखिएकोमा बिरामीको अबस्था नाजुक देखेपछि उनलाई ससुराली घर पठाइएको थियो । वडा कार्यालयले सूचना पाएपछि फेरी उनलाई घर नजिकैको छोरेगाउँ माध्यमिक बिद्यालयमा बनाइएको क्वारेन्टाइनमा सारिएको थियो । उनको अहिले सम्म पिसिआर रिपोर्ट नआएको वुतिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मिलन मल्लले वताए ।

ती युवकको स्वाब संकलन गरेर परीक्षणकालागि पोखरा पठाइएको छ । तर अहिले सम्म रिपोर्ट आएको छैन । उनको घर परिवारका अन्य ३ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments