Sorry, that menu does not exist.
 

तमानखोला गाउँपालिकाव्दारा आठौँ गाउँसभा मार्फत निती कार्यक्रम तथा बजेट प्रस्तुत !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ असार २१ । तमानखोला गाउँपालिकाव्दारा आइतबार आठौँ गाउँसभा मार्फत निती तथा कार्यक्रम एवम् आर्थिक बर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिका अध्यक्ष जोकलाल बुढाको अध्यक्षतामा आयोजित कार्यक्रममा रु २७ करोड ४२ लाख, २८ हजार ६० रुपैयाँको बजेट प्रस्तुत सँगै पालिकालाई समृद्ध बनाउने महान उदेश्य सहित विभिन्न निती एवम कार्यक्रम प्रस्तुत गरीएको छ । पालिकाले लिएको निती कार्यक्रम एवम बजेटलाई जनप्रतिनिधीको भेलाले सर्वसम्मत रुपमा पारित गरेको छ ।

गत असार १० गते सञ्चालन गर्ने तयारी रहेको निती तथा कार्यक्रम नेकपा निकट जनप्रतिनिधीले विभिन्न माग राख्दै बहिष्कार गरेसँगै दोश्रो पटक भने सर्वसहमतीमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।
निती तथा कार्यक्रममा स्थानिय मदिरा ऐन २०७७, विनियोजन ऐन २०७७, निती तथा बजेट कार्यक्रम सँगै गाउँपालिका प्रकोप व्यवस्थापन कोषको आय व्याय, गत बर्षको खर्च अनुमोदन सँगै विभिन्न विकास योजना अगाडी बढाउने गरी बजेट विनीयोजन गरीएको छ । शिक्षा, स्वास्थ्य, पुर्वाधार विकास सँगै कृर्षि , पशुपालन लगाएतका क्षेत्रलाई यसबर्षको बजेटमा प्राथमिकता दिएको पालिकाले गाउँपालिका भवन निर्माण सँगै वडा नं.४ र ५ को वडा कार्यालय भवन निर्माण गर्ने समेत बजेट ल्याएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । कार्यक्रममा उपाध्यक्ष मानशरी शेरचन, वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा सदस्य , कर्मचारी लगाएको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment