Sorry, that menu does not exist.
 

छोरेगाउँ माविको क्वारेन्टाइनमा अर्का पनि छन् कोरोना संक्रमित : के भन्छन् वडाध्यक्ष पुन ?

सोम शर्मा, बागलुङ २०७७ असार २१ । गए राति ढोरपाटन नगरपालिका वडा नं ४ स्थित छोरेगाउँ मावि क्वारेन्टाईनमा निसीखोला-२ देविस्थानका एक युवकको मृत्यु पश्चात उनको पीसीआर रिपोर्ट पोजेटिव आएपछी यतिखेर बागलुङ जिल्ला त्रसित छ। उनी बसेको क्वारेन्टाइन कक्ष र त्यस आसपासको अबस्था कस्तो छ ? भनी हामीले ढोरपाटन नगरपालिकाका वडा नं ४ का वडा अध्यक्ष तिलक पुनसंग बुझेका थियौं ।

ईबागलुङसंगको कुराकानीमा उनले यतिखेर हाम्रै वडामा एक जना ब्यक्ती कोरोनाको कारणले मृत्युको मुखमा पुग्नुभएको छ त्यो एकदमै दुखद छ , यतिखेर पुरै गाउँसंगै जिल्ला नै शोकमग्न भएको छ, यो दुखद घडीमा मृतकप्रती हार्दिक श्रद्दान्जली अर्पण गर्दै परिवारजनमा समबेदना प्रकट गर्दछु, उहाँ आंफैमा एक बिरामी भएकोले यसरी इम्युनिटी पावर कम्जोर भएर कोरोनाको सिकार बन्नुभएको हो कि भन्ने लाग्छ मलाइ । हामीले उहाँको मृत्यु भएपस्चात मात्रै हैन उहाँको मृत्यु अघि नै यहाको क्वारेन्टाइनलाइ ब्यबस्थित नै बनाएका छौं। अहिले मात्रै यहाँ मृतकसहित १२ जना क्वारेन्टाइनमा हुनुहुन्छ, आजै बिहान हिजो ४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आइसकेपछी ती ४ जनालाइ घर पठाएका छौं। अहिले दुई परिवार र एक जना अर्को ब्यक्ती हुनुहुन्छ। दुई परिवारमा एक मृतकको परिवारमा उहाँको श्रीमती दुई छोरी र एक छोरा छन भने अर्को ६ जनाको परिवार पनि बस्छन। उनिहरु मध्य एकजना २२ बर्षिय पुरुषको हिजो रिपोर्ट पोजेटिभ आएर ती ब्यक्तिलाइ बुर्तिबाङको प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने तयारी गरेका छौं भने अरु सबैको नेगेटिभ आएको छ।

यता मृत्यु हुने परिवारको पनि अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ । अर्को एक ब्यक्ती जो गल्फ मुलुकबाट आएका थिए तिनको भने स्वाब लिन बांकी नै छ। युवकको निधन भएपछी हामी कोहि त्यहा गएका छैनौँ । मृतकको परिवार भने मृतकको शव संगै छन। केही बेरमा आर्मी र प्रहरीद्वारा लुकुरबनको खोलाको तिरमा लासलाइ पुरेर अन्त्यष्टि गर्ने भनेका छौं। हामीले यो क्वारेन्टाइनमा ग्रुप ग्रुपमा राख्ने गरेका छौं, प्राय आफ्नै परिवार परिवार नै हुन्छन। प्रत्यकलाइ छुटटै धारा र छुटै शौचालयको ब्यबस्था गरेका छौं । अहिले यस क्वारेन्टाइनमा ९ वटा शौचालय र ७ वटा धारा छन । अझै आबश्यकता अनुसार थप्दै जानेछौँ । खाना पकाउने भान्छा भने एउटै छ तर हामीले ग्रुप ग्रुपलाइ दिने बेलामा छुट्टा छुट्टै दिने गर्छौ, सबैको आफ्नो प्रयोग गर्ने सामान आफ्ना आफ्नै छ। एकजनाबाट अर्कोमा सर्ने सम्भावना न्यून छ । यद्दपी हामीले अहिले पोजेटिभ देखिएका परिवार र मृतकको परिवारको पहिलो रिपोर्ट नेगेटिभ आएपनी उनिहरुको पुनस् स्वाब संकलन गरेर परिक्षणको लागि पठाउछौं। मृतकको शबलाइ उहाँको परिवारले कुरेरै बसेको र अर्को पोजेटिभ आएको ब्यक्ती पनि परिवारसंगै भएको हुनाले पनि पुनस् हामीले स्वाब परिक्षणको लागि पठाउने निधो गरेका हौं। यो रोगले इम्युनिटी कम भएका ब्यक्तिलाइ छिटै आक्रमण गर्ने हुनाले उहांको मृत्यु भएकाले सबैमा धैर्य रहन र नआत्तिन अनुरोध गर्दछु । हामी सबै मिलेर यो रोगसंग लड्न सक्नुपर्छ।

तस्बिर: देवेन्द्र बस्याल

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment