खगेन्द्र विश्वकर्माा, ताराखोला २०७७ असार २२ । नेपाल माध्यमिक विद्यालय ताराखोलाको चारकोठे पक्की भवनको निर्माण कार्य तीब्ररुपमा भैरहेको छ । विद्यालयको पक्की ४ कोठे भवन निर्माणका काम कोरोनाको संकटको विचमा पनि भैरहेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्री पदमले ईबागलुङलाई बताए।
प्रतिनिधि सभा सांसद देवेन्द्र पौडेलको सांसद विकास कोषबाट ५० लाख र ताराखोला गाउँपालिकाबाट २० लाख रकमबाट उक्त भवन निर्माण निर्माण भैरहेको छ । भवन निर्माण विके निर्माण सेवाले गरिरहेको छ ।