रामप्रसाद घिमिरे, बागलुङ २०७७ असार २२ । बागलुङ जिल्लामा कोरोना संक्रमण पुष्टि भएका २०९ जनामा आज सम्म पीसीआर रिपोर्ट नेगेटिव आएर बिदाई गरिएकाहरुको संख्या ११५ पुगेको छ ।
संक्रमित मध्य एक जनाको मृत्यु भएको छ । अब धौलागिरी अस्पताल, धौलागिरी क्याम्पस, गल्कोट नरेठाँटी स्वास्थ्यचौकी र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्दमा रहेका्र आईसोलेसन कक्षहरुमा ९८ जना अझै उपचाररत रहेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले दिएको जानकारी अनुसार आईसोलेशनमा रहेका सबैको स्वास्थ्य अवस्था सामान्य छ ।
गल्कोट स्थित आाईसोलेशनबाट २५ जनालाई पीसीआर रिपोर्ट नेगेटिव आएपछी उनिहरुलाई बिदाई गरिएको गल्कोट नगरपालिकाका २ का अध्यक्ष एवं प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।
बुुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ८ महिला सहित ४० जनाका उपचाररत छ । केन्द्रका प्रमुख डा मिलन मल्ल ठकुरीका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए ।
आजमात्रै धौलागिरी अस्पताल एवं धौलागिरी क्याम्पस प्रिआईसोलेशन बाट १२ जनालाई रिपोर्ट नेगेटिव आएपछी बिदाई गरिएको छ ।
आज क्याम्पस बाट ४ जना र हस्पिटल बाट ८ जना सहित ११० जना घर गईसकेका छन भने बागलुङमा धौलागिरि अस्पतालमा १ जना र क्याम्पस- १४ जना र २ आजका नयाँ संक्रमित ल्याउँदै गरिएको देब प्रकाश घिमोरेले बताए ।
गल्कोट नगरपालिका-२, नरेठाटी स्वास्थ्य चौकिको नयाँ भवनमा निर्माण गरिएको आईसोलेसनमा १ जना महिला सहित १२ जना सन्क्रमित रहेको हटिया स्वास्थ्य चौकिका प्रमुख
दिलु प्रसाद सुवेदी ले बताए ।
आज संक्रमण पुष्टि भएका ५ जना र अस्ति संक्रमण पुष्टि भएका एक जनालाई आईसोलेशन कक्षमा ल्याउने तयारी भैरहेको श्रोतले बतायो ।
One Comment