Sorry, that menu does not exist.
 

मल्म सप्ताहघाटमा निर्माणाधीन घुम्टे बहुउद्देश्यीय सभा हलको निर्माण कार्य तीव्र !

गल्कोट २०७७ असार २३ । गल्कोट नगरपालिका वडा नं ७ मल्ममा घुम्टे बहुउद्देश्यीय सभा हलको निर्माण कार्यले ती।ब्ररुपमा अघि बढेको छ । मल्म सप्ताहघाटमा निर्माण भइरहेको सभा हलको असार ५ गते नगर उपप्रमुख रेणुका काउचा मगरले शिलान्यास गरेकी थिईन। सामाजिक विकास सँगसँगै सभा, सम्मेलन, बैठक, तालिम, गोष्ठी, सेमिनार, भेला गर्न सहज होस भन्ने उद्देश्यले सभा हलको योजनालाई सामाजिक संस्था घुम्टे युवा परिवारले अगाडि बढाएको हो । सभा हल निर्माण गर्नको निम्ति आर्थिक वर्ष २०७६र०७७ मा गण्डकी प्रदेश सरकारले नगद रु १५ लाख बजेट विनियोजन गरेको थियो भने घुम्टे युवा परिवार जापान शाखाले नगद रु २ लाख सहयोग प्रदान गरेको छ । थप बोल रकम संकलन गरी पठाउने तयारी भइरहेको घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिल बहादुर थापा रामुले जानकारी दिए । सभा हलको ग्राउण्ड बेस, फाउन्डेसन र तल्लो बिम ढलान कार्य सम्पन्न गरि अहिले उपल्लो बिम ढलान र पिलार ढलानको तयारी भइरहेको घुम्टे बहुउद्देश्यीय सभा हल निर्माण समितिका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।

सभा हलको निर्माणको लागि आर्थिक वर्ष २०७७र०७८ मा गलकोट नगरपालिकाले नगर स्तरिय योजना अन्तर्गत नगद रु २० लाख बजेट विनियोजन गरेको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताए । सभाहलको लागि मल्मका जनप्रतिनिधि लोक बहादुर थापा, समाजसेवी हरिदत्त गौतम, समाजसेवी दल बहादुर थापा, भक्त बहादुर थापा, कमला थापा र प्रकाश थापाले आवश्यक पर्ने झण्डै १ करोड मूल्य बराबरको साढे तीन रोपनी जग्गा निशुल्क प्रदान गरेका छन् ।

सभा हल जग्गा व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाका अनुसार सभा हल निर्माण स्थलसम्म पुग्नको लागि सडकको ट्रयाक समेत खोलिएको छ । सडक निर्माण गर्न स्थानीय हीरा कुमारी थापा, सुवेदार देव बहादुर थापा र भक्त बहादुर थापाले जग्गा प्रदान गरेकाछन् । सभा हल निर्माणको लागि आवश्यक थप बजेट उपलब्ध गराउन स्थानीय तह र केन्द्रीय सरकार सँग पनि पहल गरिएको घुम्टे बहुउद्देश्यीय सभा हल निर्माण समितिका सचिव रुद्र केसीले जानकारी दिए। सभाहल २ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !