सोम शर्मा, बुर्तिवाङ २०७७ असार २३ । ढोरपाटन नगरपालिका ४ स्थित छोरगाउँ माबि क्वारेन्टाईनमा आफ्ना ६ जना परिवार सँगै बस्दै आएका मध्य एक जना २२ वर्षिय युवकको पीसीआर रिपोर्टमा कोरोना संक्रमण देखिएको र उनको बुर्तिवाङ स्थित आईसोलेशन केन्द्रमा व्यवस्थापन भै नसक्दै सोहि क्वारेन्टाईनमा बस्ने अन्य चार जनाको पीसीआर रिपोर्ट नेगेटिव आएकोले रिपोर्ट नेगेटिव आउनेहरुलाई बिदाई गरिएकै राति १२ बजे सोहि क्वारेन्टाईनको अर्को कोठामा श्रीमती, दुई छोरी र एक छोरा सहित ४ जना परिवारसंग संगै बस्दै आएका एक २९ वर्षिय युवकको मृत्युले अनहोनीको आशंका उब्जाएको छ ।
मृतक युवकको पीसीआर रिपोर्टका लागी स्वाब संकलन गरी असार १२ गते पठाईएको थियो, जबकि उनको रिपोर्ट असार २१ गते दिउसो मरणोपरान्त प्राप्तभयो । उनी कोभिड १९ को संक्रमणबाट मृत्यु हुने बागलुङका पहिलो व्यक्ति बन्न पुगे ।
छोरेगाउँ माविको क्वारेन्टाइनमा अर्का पनि छन् कोरोना संक्रमित : के भन्छन् वडाध्यक्ष पुन ?
जुन समयमा स्वाब संकलन गरियो त्यतिबेलै उनमा कोरोना संक्रमण रहेछ भन्ने स्वत स्पष्ट छ । त्यसैगरी कोरोना संक्रमित अर्का २२ वर्षिय युवकको स्वाब संकलनकै बखत उनीमा संक्रमण थियो नै । त्यसैले उनिसँगै बस्दै आएका उनका परिवारका सदस्यहरु र उनिहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याङ ट्रेसिङ अनिर्वार्य हुन आएको छ । एउटै कोठामा हप्तौँ देखी बस्दै आएका एकै परिवारका सदस्यहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा रिपोर्ट नेगेटिव आए राम्रो । यसले सँगै बसेर संक्रमित भईने रहेनछ भन्ने अपुष्ट सन्देश देला तर, एउटै कोठामा एकै परिवारका सबै सदस्यहरुलाई क्वारेन्टाईन गर्दा क्वारेन्टाईनको उपादेयताका सम्वन्धमा प्रश्न उठ्न सक्छ र उठिरहेको पनि छ । एकातिर स्वाब संकलनमा चरम् ढिलाई अर्कोतिर संकलित नमुनाको परीक्षणको रिपोर्ट आउन हप्तौँ लाग्ने समस्याले संक्रमणको सन्त्रास बढाएको छ । अर्को तिर संक्रमण पुष्टि भएपछी संक्रमितको बेलैमा आईसोलेशन केन्द्रमा व्यवस्थापन गर्न ढिलाई .बेबास्ता) गरिनाले पनि समाजमा डरलाग्दो परिस्थिति सिर्जन सहयोग पुगेको छ ।
बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति बने निसीखोला-२ का २९ वर्षिय युवक !
त्यस्तै ढोरपाटन नगरपालिकाकै शिवालय माबि सहिखोला क्वारेन्टाईनमा झण्डै डेढ महिना (४४) दिन बसेपछी उनिहरुको पीसीआर रिपोर्ट नेगेटिव आयो र हिँजो सोमबार नगरपालिकाकी उपप्रमुख करमती पुनले बिदाई गरेकी छन् । ४४ दिनसम्मको क्वारेन्टाइन बसाइमा आफ्नो अनुशासन अनि धैर्यताले सबैजनाको रिपोर्ट नकारात्मक(negative ) आएको छ यो खुशी सिङ्गो नगरपालिकाको हाे भन्दै सबैलाई बधाई पनि दिएकी छन् । गर्मी समय, बर्षातको मौसम त्यस्मापनि ४४।४४ दिन सम्म एउटा बिद्यालयको कोठामा कोचाकोच गरेर बस्नु पर्दा कति सास्ती भोग्नु परेहोला ? सम्झदै आङ सिरिंग हुन्छ, क्वारेन्टाईनमा ती भुक्तभोगीहरुले ४४ दिन सम्म कति कष्ट भोग्नु परेहोला ? कतै क्वारेन्टाईन भित्रै लिला, कतै खाना लिएर आउने महिला माथी गिद्दे नजर, कतै घृणा हेलत्वको अनुभति, कतै खानपिनमा हेलचक्राई, दिसा पिसाव, बस्नमा सास्ती, नुहाईधुवाई आदि कुराहरुले क्वारेन्टाईन चर्चामा आउने गरेका छन् । बुझ्ने कसले ?
तस्वीर- नगर उपप्रमुख करमती पुनको फेसबुकबाट ।