सोम शर्मा, बागलुङ २०७७ असार २३ । गत राति ठूलो मात्रामा परेको पानीले गल्कोट नगरपालिका वडा नवर १ स्थित ४५ बर्ष पुरानो गौंदी खोलाको झोलुंगे पुलमा क्षति पुराएको छ ।
काठको फलेक राखेर केही दिन अघि मात्र छिनेको लठोलाइ मर्मत गरेर प्रयोग गर्न मिल्ने बनाएकोमा गत रातिको पानीले उक्त पुललाइ प्रयोग गर्नै नमिल्ने तबरले क्षति पुराएको हो। उक्त पुलले वडा न १ कै दुदिलाभाटी र थलिङ गाउंलाइ जोडेको थियो । दिनमा सयौंको संख्यामा हिंड्ने उक्त पुलको जीप भत्केपछी आवतजावत गर्न समस्या परेको स्थानिय हरि भन्डारीले ईबागलुङलाई बताए।
२०३१ सालमा बनेको सो झोलुंगे पुल बेला बेलामा जिर्णोद्दार गरेर चलाइएको समेत स्थानियको भनाइ छ। उक्त पुल नजिकै रहेको १ नंबर वडा कार्यालयका अध्यक्ष नेत्र बहादुर बुढाथोकीलाइ यससम्बन्धी जिज्ञासा राख्दा उनले यससम्बन्धmा नगरपालिकालाइ जानकारी गराइसकिएको र यदि नगरपालिकाले समयमै काम अगाडि बढाएन भने हाम्रै वडाको बिपद ब्यबस्थापनको बजेटलाइ प्रयोग गरेर भएपनी उक्त पुललाई तत्कालको लागि मर्मर गर्ने जानकारी दिए । बुढाथोकीले तत्कालै यस्लाइ जोर्णोद्दार गरेतापनी यस ठाउँमा नया पुल बनाउनको लागि भनेर प्रदेश सरकारले बजेट समेत छुट्याइसकेकोले केही महिनामै त्यो कार्य समेत थालनी हुने बताए। उक्त पुलले खास गरि थलिंगका स्थानियलाइ सास्ती भएको छ।
तस्बिर सौजन्य हरि भण्डारी ।