Sorry, that menu does not exist.
 

जिल्ला प्रहरी कार्यालय बागलुङमा चालु आर्थिक वर्षमा दर्ता भएका मुद्दा २१३ मध्य १३० फर्स्योट !

रामप्रसाद घिमिरे, बागलुङ २०७७ असार २३ । चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय बागलुङमा दर्ता भएका मुद्दाहरुमा सर्वाधिक आत्महत्याका रहेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङको चार्ट अनुसार झुण्डिई ज्यान फाल्नेहरुको संख्या ३९ जना र विषसेवन गरी ज्यान गुमाउनेहरुको संख्या ४ रहेको छ । आज विहानमात्रै बागलुङ नगरपालिका ४ उपल्लाचौर स्थित गण्डकी सावन उद्योगमा काम गर्ने एक युवकले मदिरा सेवन गरी झुण्डिएर आत्महत्या गरेका छन् । उनको आत्महत्याको कारण सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

त्यसपछी सर्वाधिक संख्या जवरजस्ती करणीका घटना रहेका छन् । चालु आवको आज असार २३ गते सम्ममा जबरजस्ती करणी मुद्दा १३ दर्ता भएको देखिन्छ भने जबरजस्ती लागु औषध सम्वन्धी ११,
जिल्ला प्रहरी कार्यालय बागलुङमा दर्ता भएका कर्तव्य ज्यान मुद्दा ४ र भवितव्य ज्यान मुद्दा १५, फुटकर ज्यान ३, सवारी ज्यान संख्या ६ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङमा चालु आवको आज सम्ममा विबिध शिर्षकहरुमा पर्न गएको मुद्दा जम्मा २१३ मध्य फस्र्यौट मुद्दाको संख्या १३० रहेको छ भने बाँकी संख्या ८३ रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !