छविलाल पाण्डे, बुर्तिवाङ २०७७ असार २४ । पश्चिम बागलुङका चार वटा पालिकाका ३६ जनाले कारोना जितेर बुधबार घर फर्किएका छन् । भारतबाट घर फकिएका उनिहरुमा कोरोना पोजेटिभ देखिएपछि बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका १६ जना र निसीभुजी जनता क्याम्पसको आइसोलेशनमा बसेका २० जना गरी ३६ जनाले कोरोना जितेर घर फकिएका हुन् ।
दोश्रो पटक गरिएको पिसीआर रिर्पाट आएपछि उनिहरु घर फकिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्ल ठकुरीले ईबागलुङलाई बताए । दुई आइसोलेशन केन्द्रमा गरी कुल ४४ जना सँक्रमित रहेकोमा ८ जनाको रिर्पाट दोश्रो पटकमा पोजेटिभ देखिएपछि उनिह्रुलाई आइसोलेशनमा राखिएको छ । निको भएर घर फर्कनेहरुमा ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका , तमानखोला गाउँपालिका र बडीगाड गाउँपालिकाका रहेका छन् । उनिहरु सबैजना भारतबाट फर्किएर स्थानिय पालिकाले बनाएको क्वारेन्टाईमा बस्दै गर्दा पिसीआर रिर्पाट पोजेटिभ देखिएपछि आइसोलेशनमा ल्याइएको थियो ।
हाल आइसोलेशनमा रहेका ८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको डा. मल्लको भनाई छ । निको भएर घर फर्कनेलाई ढोरपाटन नगरप्रमुख देवकुमार नेपाली लगाएत जनप्रतिनिधी, चिकित्सकले सम्मानका साथ घर पठाउँदै घर कोरोना निको भएपनी अझै केहि समय होम क्वारेन्टाईनमा बस्न आग्रह गरिएको छ ।
यसैवीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २५५ जनाको रिपोर्ट पोजिटिभ आएपछी नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ। संक्रमित हुनेमा झापाका ७, तेह्रथुमका १, सुनसरीका २, इलामका २, मोरङका ३, सिरहाका २, सप्तरीका ४, बारा १, अछामका १७, बैतडीका २, बझाङका ४, दार्चुलाका १, डोटीका १२, गोरखा २, कैलालीका १९, कञ्चनपुरका १२, काठमाडौंका १६, सर्लाहीका २, चितवनका ५, नवलपरासी पूर्वका २, रौटहटका ३२ छन् ।
यसैगरी दाङका ५, धादिङका १, दोलखाका , झापाका १, कास्कीका १, काभ्रेपलान्चोकका २, ललितपुरका ७, लमजुङ १, नवलपरासी पूर्वका १, पर्सा १, रामेछापका २, रौटहटका १, सर्लाहीका १ , सिन्धुपाल्चोकका १ सुनसरीका १, मोरङका १, म्याग्दीका १, कास्कीका १३, गुल्मीका ३, पाल्पाका ५, प्युठानका १, बाँकेका २, कालिकोटका १, रुकुम पश्चिमका ३, रुकमा पश्चिमका ४, जाजरकोटका १, दैलेखका ५, मुगुका २, सुर्खेतका १४, डडेलधुराका २, अछामका ५ , कैलालीका १७ जना छन् ।
८ हजार ६ सय ३२ जनाको आइसोलेसनमा उपचार भइराखेको छ। पछिल्लो २४ घण्टामा २५३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको कुल संख्या ७ हजार ७ सय ५२ रहेको छ।
2 Comments