Sorry, that menu does not exist.
 

असारे बिकास, कहिले निस्कन्छ निकास ?

राम प्रसाद घिमिरे, बागलुङ २०७७ असार २६ । यतिबेला देशभरका किसानहरू खेतबारीमा कुटोकोदालो गर्दै मानो छरेर मुरी उब्जाउने काममा व्यस्त छन् । झमझम झरी पर्न शुरू भएको छ । असार सकिन अब धेरै दिन बाँकी छैन । यता सरकारी निकायहरुलाई किसानलाई भन्दा बढी कामको चटारोले सताएको देखिन्छ । जथाभावी बजेट सकाउने र सबै पैसा खर्च भएको देखाउने चटारोमा विकासे अड्डादेखि साना ठूला सबै सरकारी निकाय लागिपरेका छन् । नेपालमा जब आर्थिक वर्ष सकिन लाग्छ तब पूर्वाधार विकासको नाममा वजेट सक्ने चटारोको परिपाटी अन्त्य हुन सकेको छैन ।

हरेक आर्थिक वर्षको अन्त्यमा हुने असारे विकास केवल बजेट सक्ने काम मात्रै हुने गरेको पाइन्छ । सरकारले बजेट पारित अघिल्लो वर्षको असारमै गरे तापनि बजेट सक्ने उद्देश्यले अन्तिम समयमा काम हुँदा गुणस्तरमा लापरवाही हुने गरेको छ । यसले गर्दा हरेक वर्ष विकास–निर्माणमा छुट्याइएको बजेट बालुवामा पानी हालेसरह भएको छ ।

विकासको नाममा गाउँ गाउँमा खनेका सडकले वर्षेनी बिनास हुने गरेको छ । मध्यबर्खाको समयमा हुने विकास निर्माणका कार्यहरू केवल बजेट सक्ने काम मात्र हुनु गरेको छ भने असारे विकासले हरेक जन–समुदायमा पाइलैपिच्छे विभिन्न समस्या सिर्जना भएको देखिन्छ ।

नेपाल लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात् संघीयतामा गईसकेको पनि तिनबर्ष पुगिसक्यो तर असारे बिकाशको पुरानो अभ्यासमा कुनैपनि सुधार देखिदैन बरु जनताबाट निर्वाचित जनप्रतिनिधि नै इन्जिनियर बनी ग्रामिण स्तरमा आफुखुसि सडक खनिदा बर्सेनि सयौं नागरिकहरुले ज्यान गुमाईरहेका छन भने दर्जनौं मानव बस्तीहरु विस्थापित हुन बाध्य छन । असारे बिकासमा बागलुङको अबस्था
बागलुङ जिल्लाको अधिकांश भु(भाग पहाडी इलाकामा पर्दछ । यसैपनि बर्षातको समयमा पहाडि भु(भाग बढी जोखिममा हुने गर्दछ भने अझैं जेष्ठर असारमा आफु(खुसी जथाभावी खनिने सडकहरुले गर्दा नागरिकहरु निकै भयबित अबस्थामा बस्न बाध्य रहेको बागलुङ नगरपालिका(०४, कुंडुलेका स्थानीय जनक सापकोटाले बताए ।

असारे बिकासको गतल परम्पराको बिकल्प, कोरोना कहर, बाढी पहिरोबाट प्रभावितको उद्धारको पुर्व(तयारिमा जिल्ला समन्वय समितिको भुमिकाको बिषयमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गाना सँग ईबागलुङका सहायक सम्पादक रामप्रसाद घिमिरेले गरेको कुराकानी

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !