सोम शर्मा कुस्मीसेरा बागलुङ २०७७ असार २७ । जैमिनी नगरपालिकालार्इ भ्रष्टाचार र लुटतन्त्रको परिधी नाघेको आरोप लागेको छ। जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले आफ्नो पदको दुरुपयोग गरेर निकै नै अनियमितता गरेको आरोप छ, सोही नगरपालिकामा काम गर्ने पूर्व कर्मचारी खगेन क्षत्रीले उक्त लुटतन्त्रको भण्डाफोर गरेका हुन। उनी उक्त कार्यालयमा गत चैत्रसम्म सहायक इन्जिनियरको रुपमा कार्यरत थिए। उनी त्यहा कार्यरय रहंदा नै उनले नगरपालिकामा व्यापक भ्रष्टाचार रहेको र त्यसलाइ आंफुले बाहिर ल्याउन खोज्दा आफूलाइ दबाब आइरहने उनको भनाइ थियो। बिशेषगरी नगरपालिकाले खरिद गरेको जेसिबिमा टि ओ आर भन्दा बहिर रहेर आफ्नो नजिकको कम्पनिबाट ५ लाख कमिशन बुझेर खरिद गरेको , डि पि आर नोटिस ननिकाली नगरका प्राबिधिकलार्इ जानकारी नै नदिइ फेक रिपोर्ट पास गरि ५० लाखको कामबाट १५ लाख लिएको, २ बर्षदेखी कार्यरत कर्मचारिद्वारा काम गर्न असहज भयो भनेर आफ्नै मानिस राखेर काम गरेको, एउटै योजना २ पटकसम्म फर फराक गरेको, खरिद प्रकृया समेत आंफुखुसी गर्दै व्यापक अनियमितता गरेको लगायतका विभिन्न बिषयमा व्यापक भ्रष्टाचार गरेको क्षत्रीको आरोप छ । उनले विशेष गरि प्रमुख प्रशासकीय अधिकृत शर्माले आर्थिक अपचलन गरि पैसा कमाउने मात्र धन्दामा लागेको समेत आरोप लगाएका छन। उनले यस बिषयमा पटक पटक ध्यानाकर्षण गराउंदा समेत बेवास्ता गरिएकोले यहि असार १६ गते अख्तियार आयोगमै उजुरी दिएको समेत बताए।
त्यस्तै सोहि नगरपालिकाका अर्का पुर्व कर्मचारी जस्ले आफ्नो नाम नबताउने शर्तमा प्रमुख प्रशासकीय अधिकृत पैसामा लिप्त भएको, व्यापक अनियमितता गरेको, हरेक कार्यमा घुस लिने खालको आचरण भएको खुलाशा गरे । यो नगरपालिकामा अलि बढी नै अनियमितता छ, म बस्दै गर्दा पनि केही आयोजनामा निरीक्षण नै नगरी आयोजना स्वीकृत गर्न दबाब हुन्थ्यो कि त कुर्ची नै छोड्नुपर्ने नत्र त्यस आयोजनामा सहि गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो, यहाँ यतिसम्म देखें कि कतै डोजर लगेर १ घन्टा चलाइएको छ भने त्यसैलाई ५ घन्टा चलाएको बनाएर पैसा खाने प्रबृत्ती समेत भएको देखें,कतै योजना बनाएर काम गरिएको छ भने निरिक्षण नै नगरिकन यसै सहि गर्ने गलत अभ्यास भएको छ । म आफुलाइ यश कार्यमा संलग्न हुने चाहना नहुंदा नहुंदै पनि अरु सबैले निर्णय गराएर ल्याइसकेपछी आफू लाई बाध्यकारी अबस्था हुन्थ्यो सहि नगरौ सबैले निर्णय गराएर ल्याएका छन गरौं यो सहि छैन, यस किसिमको ठूलो जालो नगरपालिकामा रहेको उनको भनाइ थियो। आफू त्यसैले पनि सहनै नसकेर जागिर नै छोडेको उनको भनाइ थियो । प्रशासकीय अधिकृतको मनको कुरा र उनको स्वार्थमा लिप्त नभै आंफु काम गरेकोले आफुलाइ जानाजान अप्ठ्यारोमा पारी छोड्नको लागि बाध्य पारिएको उनको भनाइ थियो। यस सम्वन्धमाा जैमिनी नगरपालिकाका प्रशासकीय अधिकृत शर्मालाइ जिज्ञासा राख्दा उनले यो सबै गलत र निराधार भएको र आंफुले पाउनुपर्ने पैसा नपाएकोले उहाले म माथी आक्रोश ब्यक्त गरेको हो । डर धम्की दिन त्यस किसिमको आरोप लगाइएको हो । म त्यसमा संलग्न छैन, उहांले मलाइ मात्र दोष लगाएका छन के त्यत्रो कार्य मैले मात्र गर्न सक्छु र ? कि त अरुलाइ नि तोकिएको हुनुपर्थ्यो तर उहांले मलाई मात्रै तोकिएकोले त्यती धेरै अनियमितता मैले मात्रै गर्न सम्भव नहुनाले मलाइ ब्यक्तिगत रुपमा फसाउन खोजिएको हो भन्ने जवाफ दिए।
त्यस्तै यसै बिषयमा सोही नगरपालिकाका मेयर इन्द्रराज शर्मासंग जिज्ञासा राख्दा उनको जबाफ यस्तो थियो निज खगेन क्षत्रीले प्रशासकीय अधिकृतसंग थप सुबिधा माग गरेकोले त्यो कानुनभन्दा बाहिरको सुबिधा भएकोले दिन नसक्ने भनेकोले यसरी आरोप लगाएको भन्ने बुझेको हुं मैले यद्दपि त्यसको छानबिनको लागि भनेर एउटा समिती गठन गरेका छौं त्यसले आबश्यक अनुसन्धान गर्दै छ, त्यसैको निर्णय कुरौं के हुन्छ त्यसपछि आबस्यकता अनुसार के गर्ने भन्ने निर्णय गर्नेछौं।
आरोप लगाउने ब्यक्ती खगेन क्षत्रीले यदि मैले लागेको आरोप सत्य साबित नभएमा म कानुनानुसारको सजाय समेत भोग्न तयार रहेको समेत जानकारी दिए।
14 Comments