Sorry, that menu does not exist.
 

गल्कोट १ दुदिलाभाटीका २९ विपन्न परिवारलाई राहत वितरण !

गल्कोट २०७७ असार २७ । गल्कोट नगरपालिका १ दुदिलाभाटीका २९ बिपन्न दलित परिवारलाई शनिवार एक परिवारले खाद्यान्न राहत वितरण गरेको छ । कोरोना संक्रमणको जोखिम र रोकथामका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका गल्कोट नगरपालिका १ दुदिलाभाटीका २९ बिपन्न दलित परिवारलाई स्थानिय कमलबहादुर कार्कीको परिवारले १ लाख बरावरको खाद्यान्न सामाग्री बितरण गरेको हो । बुवा तथा हजुरवावा स्वर्गिय मिनबहादुर कार्कीको सम्झनामा गल्कोट भुङ्खानी स्थायी घर भई हाल जापानको ओशाकामा होटल व्यवसाय गर्न हिमालन इन्डीएन तथा नेपाली रेष्टुरेन्टका संचालक छोरा कमलबहादुर कार्की र बागलुङको श्रीनगर टोलमा हिमालयन मोटरसाइकल वर्कसप तथा हिमालयन अटो पार्टसका संचालक नाती यामबहादुर कार्कीले भुङ्खानी कै २९ परिवारलाई खाद्यान्न बितरण गरिएको थियो ।

कार्की परिवारको सहयोग र रोट्रयाक्ट क्लव अफ बागलुङको समन्वयमा उनिहरुलाई प्रतिपरिवार १ बोरा चामल, १ केजी दाल, १ केजी नुन, १ लिटर तेल, १ केजी चिनी र माक्स बितरण गरिएको र अति बिपन्न २ परिवारलाई थप १÷१ बोरा चामल हस्तान्तरण गरिएको सहयोगदाता यामबहादुर कार्कीले जानकारी दिनुभयो । आफु जन्मेको ठाउँमा रहेका दलित तथा बिपन्न परिवारलाई कोरोनाको कहरका बिचमा केहि राहत होस भनेर सहयोग गरेको राष्ट्रिय जनमोर्चा निटक जापान नेपाली एकता समाज ओशाकाका क्षेत्रीय अध्यक्ष तथा केन्द्रिय सदस्य समेत रहेका कमल कार्कीले बताए । कार्यक्रममा बोल्दै गल्कोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष नेत्र बुढाथोकी र स्थानिय समन्वयकर्ता शंकर परियारले मंतव्य व्यक्त गर्दै सहयोगदातालाई धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन रोट्रयाक्ट क्लव अफ बागलुङ बर्ष २०२०÷०२१ का अध्यक्ष तथा धौलागिरि एफएमका सम्पादक ताराप्रसाद शर्माले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !