छविलाला पाण्डे बुर्तिवाङ २०७७ असार २७ । बडिगाड गाउँपालिका वडा नं ५ मा रहेको ग्वालिचौर स्वास्थ्य चौकीमा आजदेखि ल्याव प्रयोगशाला सेवा सुरु भएको छ । ग्रामिण स्वास्थय सुधार परियोजना फेयर मेड र विवाइसी बागलुङको साझेदारीतामा ल्याव सेवा सञ्चालनमा ल्याइर्एको हो । सामान्य उपचार सेवा हुँदै आएको उक्त स्वास्थय चौकिमा ल्याव सेवा सञ्चालनमा आएसँगै स्थानिय बासिलाई सहजता हुने भएको छ ।
वडिगाड गाउँपालिका वडा नं.५ का अध्यक्ष अर्जुन प्रसाद खरेलको अध्यक्षतामा आयोजित कार्यक्रमा वडिगाड गाउँपालिका अध्यक्ष मेहरसिँह पाईजाद्धारा आफनै हेपटाइटिस बि चेक गर्न रगत लिएर ल्याब प्रयोगशाला सेवाको उद्धघाटन गरीएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष पाइजाले फmेयर मेड र विवाइसी बागलुङले बागलुङका स्थानिय पालिका अन्र्तगत विभिन्न स्वास्थय केन्द्रमा गरेको स्वास्थय सुधार कार्यक्रम अतिनै महत्वपूर्ण रहेको बताउँदै महत्वपूर्ण आवस्यकताको ?पमा रहेको स्वास्थय कार्यक्रमममा निकै सुधार एवम जनताले राहात पाएको बताए ।
स्वास्थ्य चौकीलाई घ बर्गको ल्यावका सामाग्रीहरु हस्तान्तरण गरिएको र जसबाट टाइफाइड, जुकाको किसिम, ज्वरोको किसिम, लगायत पिसाब र रगतबाट पत्ता लाग्ने रोगहरुको पहिचान सगैं छिटो उपचार गर्न सजिलो हुने फेयर मेडका प्रोजेक्ट म्यानेजर गणेश ब?वालले बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमर बहादुर श्रीस, दान बहादुर पुन, बडिगाड गाउँपालिकाका सीआईटीटी संयोजक चुडामणी कँडेल, विवाइसी बागलुङका प्रोजेक्टर अफिसर जानकी पाठक लगाएतको उपश्थिती रहेको थियो ।गाउँपालिकाले ल्याव सञ्चालनको प्रयास गरेतापनि ढिलाई भईरहेको सन्दर्भमा फेयरमेडले लिएको कार्यक्रम अतिनै प्रभाबकारी रहेको बताइएको थियो ।कार्यक्रम स्वास्थ्य चौकी प्रमुख माया खरेलले सञ्चालन गरेकी थिईन ।