भरत सापकोटा बागलुङ २०७७ असार २८ । काठेखोला गाउँपालिका वडा ४ फापरखेत तंग्राम ढोट्नेरीमा असार ६गते घर माथिबाट आएको पहिरोले ज्यान गुमाएकी बिमला र अन्य बिस्थापित ४ परिवारलाई शनिवार जिल्ला बिपद ब्यबस्थापन समितिले राहात रकम पीडितहरुका घरमै पुगेर हस्तान्तरण गरेको छ।
बिपद ब्यस्थाप समितिका संयोजक एवं प्रजिअ गौलोचन सैजुले आफु कार्यब्यस्त रहेको भन्दै प्रसासन कार्यलयको तर्फबाट नासु तेजराज गौतम र लेखापाल भविलाल शर्माले संयुक्त रुपमा पीडितहरु बिमलाका श्रीमान टोपबहादुर पुन उनको परिवारलाई रु एक लाख दश हजार त्यस्तै बिस्थापितहरु चित्र बहादुर पुन ,पवी पुन, देब बहादुर पुन ,लाई रु १०/१०हजार को दरले हस्तान्तरण गरेका थिए।
सो अवसरमा पीडितहरुको घाउमा मलहम लगाएको भन्दै वडा अध्यक्ष केशर थापाले धन्यबाद ब्यक्त गरे। उनले तक्कालै पुनस्थापान गर्न देश बिदेश तथा स्वदेश बाट सहयोग गर्नेहरुलाई धन्यबाद ब्यक्त गरेका थिए।