रामप्रसाद घिमिरे, गल्कोट २०७७ असार २९ । गल्कोट नगरपालिका १ दुदिलाभाटी स्थित गौदी खोलाको झोलुंगे पुल गत असार २२ गते परेको अबिरल वर्षाका कारण क्षतीग्रस्त छ । स्थानीयवासी ज्यान हत्केलामा राखेर वारपार गरिरहेका छन् । वडाले नगरपालिकाको ध्यानाकर्षण गरएपनि झोलुंगेपुलको मरमत हुन सकेको छैन । स्थानीयहरु झुण्डिएरै वारपार गरिरहेका छन् ।
नगरपालिकाले तत्काल पुलको मरमत नगरे वडा विपद व्यवस्थापन समितिले गर्ने वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले ईबागलुङलाई बताएका थिए । तर स्थानीय भने कहिले मरमत होला भनेर प्रतिक्षा गर्नुको बिकल्प छैन ।
हटिया र नरेठाँटीमा बग्नेमात्र गौँदी खोला होईन । गौदी खोलाको मुहान दुदिलाभाटीमा छ । दुदिलाभाटीका जनतालाई परेको आपत बिपदमा गल्कोट नगरपालिका कहाँ छ ? दुदिलाभाटी गल्कोट नगरपालिका होईन ?
यो लिंक पनि पढौँ
वर्षाका कारण दुदिलाभाटी गौँदी खोलाको झोलुंगेपुलमा क्षती : स्थानीयलाई आवत जावतमा समस्या !
4 Comments