Sorry, that menu does not exist.
 

रिठाखोला लघुजलविधुत सहकारी सँस्थाको प्रथम साधारण सभा सम्पन्न !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ असार २९ । रिठाखोला लघुजलविधुत सहकारी सँस्थाको प्रथम साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाबाट सर्वसम्मत ?पमा सँस्थाका निवर्तमान अध्यक्ष गौरिश्वर पाण्डेको अध्यक्षतामा पुरानो सञ्चालक समितीलाई भेलाले अनुमोदन गरेको छ ।

रिठाखोला लघुजलविधुत आयोजनाको रुपमा आएको उक्त सँस्थालाई सहकारीको रुपमा दर्ता गरी अगाडी बढाइएको छ । उक्त विद्युत आयोजनाबाट ७४ किलोवाट विद्युत उत्पादन हुँदै आएको छ । बुर्तिबाङ बजार सहित ६ सय २५ घरधुरीले उक्त विद्युत उपभोग गर्दे आइरहेका छन् ।

कार्यक्रमा प्रदेश साँसद खिमविक्रम शाहीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सँस्थाका अध्यक्ष गौरिश्वर पाण्डेको अध्यक्षता, ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य नरबहादुर सुनार लगाएतको उपश्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै साँसद शाहीले जनताको पसिना र मिहिनेतबाट सञ्चालनमा ल्याइएको लघुजलविधुत मार्फत सहकारी सँस्था सञ्चालनमा ल्याइएकोमा आभार व्यक्त गर्दे अव सहकारी सँस्था मार्फत युवाहरुलाई गाउँमै आय आर्जन गर्ने माध्यम बनाउन तथा उपभोक्ताको हित वमोजिम काम गर्न आग्रह गर्दे नव निर्वाचित कार्यसमितीलाई बढाई ज्ञापन गरेका थ्एि ।

साधारण सभामा सँस्थाका सचिव गँगा बहादुर घर्ति द्धारा आर्थिक बर्ष २०७६÷७७ को बजेट सँगै सहकारीलाई कसरी अगाडी बढाउने विषयमा निती कार्यक्रम प्रस्तुत गरिीएको थियो । जसअन्र्तगत हालसम्म सँस्थामा ३२ लाख ७ हजार ५६ रुपैयाँ बैँक बचतमा रहेको जनाइएको थियो ।

त्यसैगरी सँस्थाका म्यानेजर नारायण घर्तिद्धारा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यसैगरी आज गठित समितीमा गँगा बहादुर कार्कीको सम्योजगत्वमा ५ सदस्य लेखा समितीको गठन गरीएको छ । कार्यक्रम सचिव गँगा बहादुर घर्तिले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment