Sorry, that menu does not exist.
 

विपद ब्यबस्थापन कोषमा जापानमा रहेका युवाहरूद्वारा आर्थिक सहयोग !

गल्कोट २०७७ असार ३० । गल्कोट नगरपालिका वडा नम्बर ४ को विपद ब्यबस्थापन कोषमा जापानमा रहेका युवाहरूले आर्थिक सहयोग गरेका छ्न । निलुवा समाज चमुवा जापानना आवद्ध रहेका चमुवा टोलका युवाहरुले कोषलाई सहयोग गरेका हुन । कोरोना महामारी लगाएत अन्य बिपद ब्यबस्थापनमा खर्च गर्ने गरि स्थापना गरेको कोषमा उनिहरुले ४० हजार सहयोग गरेका हुन । निलुवा पर्यटकीय क्षेत्र प्रबर्द्धन केन्द्र मार्फत उक्त रकम कोषमा जम्मा गरिएको निलुवा समाज जापानका अध्यक्ष थम बहादुर क्षेत्रीले जानकारी दिए ।

सहयोग रकम बुझ्दै कोषका संयोजक तथा वडा अध्यक्ष बलबहादुर खत्रीले भैपरी आउने बिपत्तिको सामना गर्न स्थापना गरेको कोषमा कोरनाको महामारी र लकडाउनको कारण रोजगारी ठप्प हुदा समेत प्रवासबाट युवाह्रुले गरेको सहयोग अतुलनीय रहेको बताए । क्वारेन्टाइन ब्यबस्थापन र राहत वितरणको लागि तत्काल कोष स्थापना गरेपनी उक्त कोषलाई भैपरी आउने सबै प्रकारका बिपत्तिको सामना गर्न सक्ने गरि अगाडि बढाउने अध्यक्ष खत्रीले बताए । क्वारेन्टाइन ब्यबस्थापन , राहतका लागि सर्वदलीय, सर्वपक्षीय नागरिकको भेला बाट कोष स्थापना गरेका थियौ अध्यक्ष खत्रीले भने उक्त कोषलाइ अब मजबुत र दीर्घकालीन बनाउने अभियानमा लागेका छौ । कोषमा हाल सम्म करिब १ लाख ९० हजार संकलन भएको छ उनले बताए।

सहयोग रकम हस्तान्तरण गर्दै निलुवा पर्यटकीय क्षेत्र प्रवर्द्धन केन्द्रका अध्यक्ष ओमकार सुबेदीले समाजमा रहेका युवाहरूले कठिन अवस्था अनुसार सहयोग गर्दै जाने वचन दिएको जानकारी दिदै कोषलाई ब्यबस्थित बनाउदै बिपत्तिको समयमा सहि सदुपयोग गर्न आग्रह गरेका थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रमको संचालन केन्द्रका सचिव हेमराज गैरेले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !