Sorry, that menu does not exist.
 

अदालत चाैतारी देखी तित्याङ, भकुण्डे, रायडाँडा जाने सडक पहिराेकाे कारण अवरुद्ध !

रामप्रसाद घिमिरे, बागलुङ २०७७ असार ३१ । केहि दिन देखीको अबिरल वर्षाका कारण जिल्लाका विभिन्न भागहरुमा बाढी पहिरोका कारण निकै ठुलो क्षती व्यहोर्नु परेको छ ।

गए राति भीषण वर्षाले बागलुङ बजारको कम्पुटोल स्थित पुरानो अदालत चौतारी देखी बागलुङ नगरपालिकाका विभिन्न वडाहरुमा चल्ने सवारी साधनहरु पहिरोका कारण ठप्प छन् । भीषण पहिरोका कारण सवारी आवागमनका साथै सर्वधसाधारण यात्रुहरु समेत गन्तव्यमा जान सकेका छैनन् ।

अदालत चौतारी देखी भएर तित्याङ भकुण्डे रायडाँडा जाने सडक पहिरोको कारण तल्लोबुकेनी गैरावारीमा पूर्णरूपमा अवरुद्घ भएका छ । यस सडकको सन्चालनमा सरोकारवाला निकायहरुले तत्कालै पहल गरी सवारी सन्चालनमा ल्याउन प्रभावित क्षेत्रका जनताले जोडदार माग गरेका छन् । पहिरोको अवस्था हेर्दा यसको रोकथामका लागी प्रदेश वा संघीय सरकारलेनै पहल गर्नु पर्ने स्थिति रहेको स्थानीयवासीको भनाई छ ।

वडा कार्यालयले सडकको पहिरो व्यवस्थापन गर्न सक्ने सम्भावना नरहेको बताउदै वडाध्यक्ष गणेश थापाले माथिल्लो तहबाट यसको काम तत्काल गरिनु पर्ने बताए । बागलुङ नगरपालिका वडा नम्बर-९ तित्याङ साबिकको तित्याङ-८, गैराबारिमा गएको पहिरोले दैनिक दर्जनौं सबारिसाधन ओहोरदोहोर गर्ने सडक पुर्णरुपमा अबरुद्ध भएको वडा अध्यक्ष गणेश थापाले बताए ।

सडकको आधारनै नरहने गरि पहिरो गएकाले वडा तहवाट सुचारु गर्नसक्ने अवस्था नरहेकाले माथिल्लो निकाएले तत्काल सडक सुचारुकालागि पहल गर्नुपर्ने बडा अध्यक्षको भनाई रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !